२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कतार, युएई, साउदीको पैसाको भाउ घट्यो, मलेसियाको बढ्यो ( २० देशको पैसाको दररेट)

२०७४, ४ मंसिर सोमबार ०५:२०

मङ्सिर ४, काठमाडौं । हामीले हरेक साता बिदेशी विनिमय दरको अपडेट जानकारी गराउंदै आएका छौं । यसै क्रममा अघिल्लो सोमबारको तुलनामा बिभिन्न देशको पैसाको भाउ बढेको छ वा घटेको छ भन्ने बारे आज हामीले जानकारी अपडेट गरेका छौं ।  हामीले दिने विनिमय दरको अपडेट नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दरमा आधारित छ । 

यो साताको आइतबार अर्थात हिँजोको तुलनामा विनिमय दरमा खासै घटबढ नभएपनि गत साताको तुलनामा भने डलर सहित खाडी र मलेसिया पैसाकोको भाउ बढेको छ । अघिल्लो सोमबार एक अमेरिकी डलरको खरिददर १०३ रुपयाँ ९६ पैसा रहेकोमा आज उक्त दर २४ पैसाले घटेर १०३ रुपयाँ ७२ पैसा पुगेको छ ।

त्यस्तै साउदीको रियाल अघिल्लो सोमबार एकको खरिददर २७ रुपयाँ ७२ पैसा रहेकोमा आज २७ रुपैयाँ ६६ पैसामा झरेको छ भने विक्रिदर २७ रुपैयाँ ८२ पैसा रहेको छ ।

त्यस्तै अघिल्लो सोमबार कतारी रियाल एकको खरिददर २८ रुपयाँ ५५ पैसा रहेकोमा आज झन्डै ७ पैसा घटेर २८ रुपैयाँ ४८ पैसा र विक्रिदर २८ रुपैयाँ ६५ पैसा रहेको छ ।

त्यसैगरी अघिल्लो सोमबार युएई दिर्हाम एकको खरिददर २८ रुपयाँ ३० पैसा रहेकोमा आज सो भाउ ६ पैसा घटेर २८ रुपैयाँ २४ पैसा पुगेको छ भने विक्रिदर २८ रुपैयाँ ४० पैसा रहेको छ । 

त्यस्तै मलेसियन रिंगिट अघिल्लो साताको सोमबार २४ रुपयाँ ८० पैसा रहेकोमा आज १२ पैसाले बढेर एकको खरिददर २४ रुपैयाँ ९२ पैसा र विक्रिदर २५ रुपैयाँ ०७ पैसा पुगेको छ । 

त्यसैगरि अघिल्लो सोमबार कोरियन वन १ सयको खरिददर ९ रुपयाँ २३ पैसा थियो भने आज ६ पैसाले बढेर ९ रुपैयाँ २९ पैसा र विक्रिदर ९ रुपैयाँ ३५ पैसा रहेको छ ।

त्यसैगरि कुवेती दिनार आज एकको खरिददर ३ सय ४३ रुपैयाँ २३ पैसा र विक्रिदर ३ सय ४५ रुपैयाँ २२ पैसा रहेको छ । 

त्यस्तै अघिल्लो साताको सोमबार २७५ रुपयाँ ५८ पैसा तोकिएको बहराइन दिनारको मूल्य आज घटेर एकको खरिददर २ सय ७४ रुपैयाँ ५८ पैसा र विक्रिदर २ सय ७६ रुपैयाँ १७ पैसा पुगेको छ ।

त्यस्तै जापानी एनको मूल्य पनि अघिल्लो साताको तुलनामा बढेको छ । अघिल्लो साताको सोमबार १० को खरिददर ९ रुपयाँ १६ पैसा रहेको जापानी एनको मूल्य आज ९ रुपयाँ २५ पैसा पुगेको छ । 

यसरी हेर्दा खांडी मुलुकहरुको पैसाको भाउ अघिल्लो साताको सोमबारको तुलनामा घटेको देखिन्छ भने मलेसिया र जापानको पैसा बढेको देखिन्छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्ने जनाएको छ ।

नेपाल राष्ट्र बैंकले तोके अनुसार आजको बिनीमय दररेट तल तालिकामा पनि हेर्न सक्नुहुनेछ: 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी