२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पोखराको एक वृद्धाश्रममा बाउन्न लाखको अक्षयकोष स्थापना

२०७४, ४ मंसिर सोमबार ११:२३

मङ्सिर ४, पोखरा । पोखरा लेखनाथ महानगरपालिका– १७ सीतापाइलामा रहेको पोखरा वृद्धाश्रममा रु ५२ लाख ५८ हजारको अक्षयकोष स्थापना गरिएको छ । 

वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई खान, बस्न, स्वास्थ्य उपचार, वर्षको एकचोटी देशका विभिन्न ठाउँको भ्रमण गराउने उद्देश्यले विभिन्न महानुभावले सो अक्षयकोष स्थापना गर्न सहयोग गर्नुभएको पोखरा वृद्धाश्रम सञ्चालक समितिका अध्यक्ष टीकाबहादुर भण्डारीले जानकारी दिनुभयो । 

छोराछोरीबाट अपहेलित, आफन्त कोही नभएका बेसहारा र तिरस्कृत १६ जिल्लाका ५६ वृद्धवृद्धा सो वृद्धाश्रममा बसोबास गर्दै आएका छन् । वृद्धाश्रममा ६० वर्षदेखि १०० वर्षसम्मका ३१ महिला र २५ पुरुष रहेका छन् । 

सो वृद्धाश्रमलाई महानगरपालिका–३३ भरतपोखरीकी रमादेवी पौडेलले रु २५ लाख, पोखरा गैरापाटन घर भई काठमाडौँ बस्दै आउनुभएका किशोर पराजुलीले रु तीन लाख, गुल्मी घर भई रामघाट बस्दै आउनुभएका चेतबहादुर गुरुङलले रु एक लाख सहयोग गर्नुभएको छ । 

अक्षयकोषलाई बढाएर रु एक करोडसम्म पु¥याउने लक्ष्य रहेको अध्यक्ष भण्डारीले बताउनुभयो ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित