३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पोखराको एक वृद्धाश्रममा बाउन्न लाखको अक्षयकोष स्थापना

४ मंसिर २०७४, सोमबार ११:२३

मङ्सिर ४, पोखरा । पोखरा लेखनाथ महानगरपालिका– १७ सीतापाइलामा रहेको पोखरा वृद्धाश्रममा रु ५२ लाख ५८ हजारको अक्षयकोष स्थापना गरिएको छ । 

वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई खान, बस्न, स्वास्थ्य उपचार, वर्षको एकचोटी देशका विभिन्न ठाउँको भ्रमण गराउने उद्देश्यले विभिन्न महानुभावले सो अक्षयकोष स्थापना गर्न सहयोग गर्नुभएको पोखरा वृद्धाश्रम सञ्चालक समितिका अध्यक्ष टीकाबहादुर भण्डारीले जानकारी दिनुभयो । 

छोराछोरीबाट अपहेलित, आफन्त कोही नभएका बेसहारा र तिरस्कृत १६ जिल्लाका ५६ वृद्धवृद्धा सो वृद्धाश्रममा बसोबास गर्दै आएका छन् । वृद्धाश्रममा ६० वर्षदेखि १०० वर्षसम्मका ३१ महिला र २५ पुरुष रहेका छन् । 

सो वृद्धाश्रमलाई महानगरपालिका–३३ भरतपोखरीकी रमादेवी पौडेलले रु २५ लाख, पोखरा गैरापाटन घर भई काठमाडौँ बस्दै आउनुभएका किशोर पराजुलीले रु तीन लाख, गुल्मी घर भई रामघाट बस्दै आउनुभएका चेतबहादुर गुरुङलले रु एक लाख सहयोग गर्नुभएको छ । 

अक्षयकोषलाई बढाएर रु एक करोडसम्म पु¥याउने लक्ष्य रहेको अध्यक्ष भण्डारीले बताउनुभयो ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति