चिसाङ शेर्पा | मंसिर - ४,  खोटाङ | जिल्लाको प्रमुख नाका जयरामघाटस्थित दुधकोशी नदीमा निर्माण सम्पन्न मोटरेबल पुल आगामी मंसिर ७ गते विहीवारवाट अनौपचारिक रुपमा खुल्ला गरिन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चिसाङ शेर्पा | मंसिर - ४,  खोटाङ | जिल्लाको प्रमुख नाका जयरामघाटस्थित दुधकोशी नदीमा निर्माण सम्पन्न मोटरेबल पुल आगामी मंसिर ७ गते विहीवारवाट अनौपचारिक रुपमा खुल्ला गरिन"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोटाङ्गको जयरामघाट पुल विहीवारदेखि सञ्चालनमा आउने, जिल्लाले काँचुली फेर्ने अनुमान

४ मंसिर २०७४, सोमबार १६:५१

चिसाङ शेर्पा | मंसिर – ४,  खोटाङ | जिल्लाको प्रमुख नाका जयरामघाटस्थित दुधकोशी नदीमा निर्माण सम्पन्न मोटरेबल पुल आगामी मंसिर ७ गते विहीवारवाट अनौपचारिक रुपमा खुल्ला गरिने भएको छ । 

गत कार्तिक १५ गतेवाट एप्रोच स्याल्यापको डाउन स्टेपमा ग्याभिङ वाल, डण्डी र फर्माको काम हप्तादिन अघि सकिएसंगै एप्रोज रोड बनाउन शुरु गरिएको २३ दिनपछि पुल सञ्चालनमा ल्याईने भएको ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका निर्माणस्थलमा खटिनुभएका इन्जिनियर सीताराम कार्कीले बताउनुभयो ।

कार्कीका अनुसार “मंसिर ६ गते पुलको लोड टेष्ट गरिने छ । टेष्ट गरिएको भोलिपल्ट जिल्ला प्रशासन कार्यालय दिक्तेल, सडक विभाग र निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनको रोहवरमा पुलमा गाडी गुडाइ सुचारु गरिने छ ।”

आगामी मंसिर १० प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन भएका र निर्वाचन आचारसंहिता अनुसार कुनै पनि नेताले औपचारिकरुपमा पुल उद्घाटन गर्न पाउने व्यवस्था छैन । तसर्थ, पुलको सम्पुर्ण काम सकिएको र चुनाव लक्षित गरेर पुल अनौपाचारिक रुपमा खोल्न लागिएको हो । 

करिब १ सय ५० मिटर लामो मोटरेबल पक्की पुल नेपालकै नमूना भएको आयोजनाले जनाएकोे छ । करिब १० करोडको लागतमा पूरा हुने भनिएको जयरामघाटको पक्की पुल सुचारु भएपछि खोटाङको विकासले काँचुली फेर्ने अनुमान गरिएको छ । जयरामघाटमा पक्की पुल नहुँदा झोलुङ्गे पुलमार्फत आवतजावत तथा दैनिक उपभोग्यवस्तु तार्नुपर्ने बाध्यता थियो । जसले गर्दा मृल्यबृद्धि बढने गरेको छ । 

खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोशीमा पक्की पुल निर्माण गर्ने जिम्मा विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सन र दिवाकर गोल्छाको हुलास इञ्जिनियरिङले लिएको थियो । २०६८ साल असारसम्ममा पुल निर्माणको सबै काम पूरा गर्ने शर्तमा दुवै कम्पनीले साझेदारीमा काम गर्नेगरी २०६६ साल भदौमा नेपाल सरकार, सडक विभागसमक्ष ठेकेदार कम्पनीले सम्झौता गरेका थिए । 

२०६४ सालदेखि यातायात सञ्चालन भएको जिल्लामा जयरामघाटमा पक्की पुल नहुँदा हिउँदको समयमा वैकल्पिक व्यवस्थाका लागि अस्थायी बेलिब्रिज जडान गरेर आवतजावत गर्ने गरिएको छ । जयरामघाटमा अस्थायी बेलिब्रिज जडान गर्दा वार्षिक ६० लाखभन्दा बढी राज्यकोषको रकम खर्च हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ