३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नयाँ लाइसेन्सको वितरण अनिश्चितकालका लागि स्थगित

६ मंसिर २०७४, बुधबार ०८:१०

मंसिर ६, काठमाडौं । सरकारले नयाँ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण र वर्ग थपको प्रक्रिया अनिश्चितकालका लागि स्थगित गरेको छ । 

यातायात व्यवस्था विभागले नजिकिएको प्रतिनिधि तथा प्रदेशसभाको चुनावका कारण ट्रायल लिएर वितरण गर्नुपर्ने लाइसेन्स रोकेको हो । ट्राफिक प्रहरी र कर्मचारीहरु चुनावका लागि जिल्ला-जिल्लामा खटिएपछि लाइसेन्सको वितरण रोकिएको एकान्तकुनास्थित लाइसेन्स कार्यालयका प्रमुख तेजनारायण यादवले जानकारी दिए ।

लाइसेन्सको ट्रायल र लाइसेन्स वितरण अर्को सूचना नआएसम्मका लागि बन्द गरेको यातायात कार्यालय एकान्तकुनाले जनाएको छ ।

अहिले काठमाडौंका सबै लाइसेन्स कार्यालयमा नयाँ लाइसेन्स र वर्ग थपको काम रोकिएकोहो । लाइसेन्सको नवीकरण भने रोकिएको छैन । कार्यालयहरुले चुनाव सकिएलगत्तै फेरि सेवा सुचारु गर्ने बताएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै