३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मोटरसाईल वर्कसपमा सरकारी कर्मचारी मनपरी बिल बनाउदैं

१३ मंसिर २०७४, बुधबार ११:०३

चिसाङ शेर्पा/मंसिर १३, खोटाङ । खोटाङमा सरकारी कर्मचारीहरुले मोटरसाईकल मर्मत गरे बापत वर्कसपहरुमा मनलाग्दो विल भपाई बनाउँने गरेको पाईएको छ । 

स्थानीय सरकार कायम भएसंगै वर्कसपहरुमा सेतो नम्बर प्लेट भएका सरकारी मोटरवाईकले वर्कसप सञ्चालकले तोकेभन्दा दोब्बर विल बनाउने गरेको पाईएको हो ।

नाम नबताउने शर्तमा वर्कसप सञ्चालक भन्छन् ‘नीजि वाईकभन्दा सरकारी वाईक वर्कसपमा बढी आउँने गरेका छन्् । वडाध्यक्ष तथा सचिव आउछन् मोबिल चेन्जदेखी सानातिना समस्याको समेत उनीहरु बिल बढाई माग्छन् ।’

मैले त कतीपय सरकारी वाईकवाला साथीहरुलाई भन्छु हामीले यसो गर्नु हुन्न तर, उनीहरु मान्दैनन् । उनले भने, “मैले बिल बढाईदिए उनीहरु खुशी हुन्छन् नबढाउने कुरा गर्दा रिसाउँछन् ।” आधारातमा समस्या देखाउँदै बाईक बनाउन आउछन् तर, बाईक भने सेतो नम्बर प्लेटको हुन्छ । उनी न त वडाध्यक्ष हुन् न सचिव, एक वर्कसप सञ्चालकले सुनाए । 

उनले भने “हामी महिनाभरी काम गरेर दैनिकको हिसाबले सरकारलाई कर तिर्छौ, त्यही पैसाबाट तलब खाने सरकारी कर्मचारीहरु स्वंयम हामीसंग एक प्रकारको व्यावहार राज्यसंग अर्कै व्यावहार गरेर राज्यको ढुकुटी सक्ने काम गर्छन । यो कार्य तत्काल बन्द गरिनुपर्छ ।”  

हलेसी, महुरे, दिक्तेलमा रहेका वर्कसपहरुमा मुख्यतः बिल बढाउने क्रियाकलाप बढी मात्रामा देखिने गरेको छ । कतीपय अवस्थामा सरकारी सवारी साधन गलतरुपमा प्रयोग भईरहेको छ । 

वडाध्यक्ष र सचिवले मात्रै कुदाउन पाईने वाईक अन्यले ब्यक्तिगत प्रयोजनका लागि चलाईरहेको पाईएको छ । स्रोतका अनुसार रुपाकोट मझुवागढी नगरपालिका १५ बिजयखर्कको वडाध्यक्षको बाईक धेरै रुपमा अरुले प्रयोग गर्ने गरेको पाईएको छ । 

यस्तै, सदरमुकाम दिक्तेल बजारका कपडा पसल, स्टेशनरी पसल, छापाखाना, एडिट कार्यालय, फोटोकपी सेन्टर लगायतमा समेत सरकारी कर्मचारीले बिल बढाउने गरेको सम्बन्धित पक्षले बताएका छन् । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ