३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पोखरामा महायज्ञबाट एक करोड ८० लाख संकलन

१४ मंसिर २०७४, बिहीबार ०२:४२

मङ्सिर १४, पोखरा । पोखरा–लेखनाथ महानगरपालिका–२५ हेम्जामा सञ्चालन भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा रु एक करोड ८० लाख संकलन गरी बुधबार साँझ सम्पन्न भएको छ । 

सो ठाउँमा रहेको अम्बिका माध्यमिक विद्यालयमा प्राविधिक शिक्षालय स्थापना गर्ने र विद्यालयको लागि थप जग्गा खरीद गर्ने उद्देश्यले गत मंसिर ५ गतेदेखि महायज्ञ सञ्चालन गरिएको थियो । 

महायज्ञमा बोधराज भण्डारीले १२ आना तीन पैसा एक दाम, शोभाखर दाहालले छ आना र नेत्रपाणि भण्डारीले पाँच आना जग्गा विद्यालयलाई दान गर्नुभएको महायज्ञ आयोजक मूल व्यवस्थापन समितिका कोषाध्यक्ष नवराज अधिकारी जानकारी दिनुभयो । 

महायज्ञमा सो ठाउँ निवासी प्रेमप्रसाद अधिकारीले सबैभन्दा बढी रु छ लाख २५ हजार, शोभाकर दाहालले रु पाँच लाख ५५ हजार ५५५, नेत्रपाणि भण्डारीले रु पाँच लाख पाँच हजार ५५५, शोभाखर भण्डारीले रु पाँच लाख पाँच हजार सहयोग गर्नुभएको थियो । महायज्ञमा पण्डित दीनबन्धु पोखरेल वाचक रहनुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ