३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पहिलोपटक डोल्पा जिल्लाको गूरुयोजना जिल्ला परिषदबाट पारित हुँदै

३ पुष २०७४, सोमबार १२:३७

टेक शाही/पुस ३, डोल्पा । देश संघियामा गए संगै डोल्पा जिल्लाको गूरुयोजना पहिलो पटक जिल्ला परिषदबाट पारित हुने भएको छ । नेपाल बुद्धिजीवि परिषद डोल्पाले ४२ दिन लगायर बनाएको डोल्पा जिल्लाको गूरुयोजना जिल्ला परिषदबाट पारित हुने भएको नेपाल बुद्धिजीवि परिषद डोल्पाका अध्यक्ष आङ बहादुर लामाले जानकारि दिए ।


जिल्ला समन्वय समितिका प्रमूख शेर बहादुर बुढाले ४२ दिनमा तयार पारिएको जिल्लाको गूरुयोजनाको दृष्यवलोकन गरे पछि अब आउने जिल्ला परिषदबाट पारित गरिने जिल्ला समन्य समिति डोल्पाका प्रमुख शेर बहादुर बुढाले बताए । उनका अनुसार अब जिल्लामा रहेका सबै स्थानीयतहहरुले जिल्ला परिषदबाट पारित भएको गूरुयोजनामा टेकेर मात्र जिल्लाको बिकास गर्नु पर्ने बताए । बुढाले भने अब हरेक स्थानीय तहले आफना हरेक क्रियाकलापहरु गर्दा गूरुयोजना अनुसार गर्नु पर्ने र यसरि हरेक क्रियाकलाप गरे पांच बर्षमा जिल्लाले बिकासमा फड्को मार्ने दावी गरे । 

नेपाल बुद्धिजीवि परिषद डोल्पाको १५ जनाको टिमले करिव ४२ दिनमा तयार पारेको जिल्लाको गूरुयोजनामा आर्थिक बिकास,भौतिक पूर्वाधार बिकास,औधोगिक बिकास,(पर्यटन,कृषि,पसुपालन,जडीबुटि,बनपैदावर र वातावरण) शहरी तथा वस्ति बिकास,सांस्कृतिक बिकास,सामाजिक बिकास,(शिक्षा,स्वास्थय,महिला तथा वाललिका,लक्षि वर्ग खानेपानी तथा सरसफाइ र खेलकुद) संस्थागत बिकास,नितीनियम कानुन र शुसान,भाष साहीत्य र कला गरि मुख्य ९ वटा शिर्षका निर्माण गरिएको निर्माण समूहका सुरेन्द्र ढकालले जानकारि दिए । 


यसरि बनाइएको गूरुयोजनामा स्थानीयतहको सरकार,प्रदेश सरकार,केन्द्रीय सरकार र दातृ निकायले समेत सहजै लगानि गरि जिल्लाको बिकास हुने जिल्ला संयोजक शेर बहादुर बुढाले बताए । उनले भने हरेक नागरिकले पाच वर्षमा बिकास भएको महसुस गर्ने पनि दावी गरे ।

नेपाल बुद्धिजीवि परिषदको टिमले बनाएको उक्त जिल्ला गूरुयोजना एक कार्यक्रमका बिच जिल्ला समन्वय समितिलाइ हस्तानतरण गरिने नेपाल बुद्धिजीवि परिषदले जानकारि दिएको छ । जिल्ला समन्वयले जिम्मेवारि लिए पछि जिल्लाका सबै जनप्रतिनिधि र बिषयगत कार्यालयका प्रमूख बसेर अन्तिमरुप दिने र आगामि जिल्ला परिषदबाट पारित गर्ने समन्वय समितिका प्रमुख शेर बहादुर बुढाले बताए । उनका अनुसार जिल्ला परिषदबाट पारित गरेर किताव छपाइ हरेक वडामा र जनप्रतिनिधिहरुलाइ हस्तानतरण गरिने बताए । उनले भने जिल्लाको लागि अति मह्त्वपूर्ण जिम्मेवार कामको थालनि गरेकोमा नेपाल बुद्धिजीवी परिषद डोल्पाका सबै सदस्यहरु धन्यबादका पात्र भएको बताए ।

हाल सम्म पनि राष्ट्रिय राजमार्गले नछोएको जिल्ला डोल्पामा यस गूरुयोजनाले बिकासमा अतुलनिय भुमिका खेल्ने नेकपा एमालेका बैकल्पीक केन्द्रीय सदस्य हंश बहादुर शाहीले बताए । उनले भने ठुलाठुला योजनाहरु प्रदेश,केन्द्र र दातृ निकायले सहयोग गर्ने आन्तरिक तथा साना योजनाहरु स्थानीय सरकारले गर्ने भएकोले यत्रतत्र रुपमा बजेट बिनियोजीत नभइ एकिकृत रुपमा बिकास हुने बताए । 


डोल्पा जिल्लामा २ नगरपालिका र ६ गांउपालिका गरि ८ वटा स्थानीयतह रहेका छन । करिव ४० हजार जनसख्या रहेको यस जिल्लामा ६५ वडा छन भने भौगोलिक बिकटता भने अत्याधिक मात्र रहेको छ । बिकास सुस्त गतीमा हुनुको प्रमुख कारण भनेको नै जिल्लाको भौगोलिक बिटता रहेको जिल्लाका अगुवाहरु बताउछन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’