२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोटाङमा कोष तथा लेखा नियन्त्रक कार्यालय आफ्नै भवनमा

२०७४, ९ पुष आईतवार ११:२१

चिसाङ शेर्पा पुस ९, खोटाङ । एक करोड ८३ लाखको लागतमा निर्माण गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय खोटाङको नयाँ भवन उदघाटन गरिएको छ । दिक्तेल बजारको रत्नपार्कमा रहेको तीन तले भवन आईतबार महालेखा नियन्त्रक रामकुमार आचार्यले उद्घाटन गर्नु भएको हो ।

लामो समयसम्म भाडाको कोठाबाट सञ्चालन हुँदैआएको कोलेनिकाका लागि स्थानीय समाजसेबी चन्द्रबहादुर कार्कीले ३२ लाख बराबरको १० आना जग्गा निशुल्क दिएपछि कोलेनिकाको आफ्नै सुबिधा सम्पन्न भवन निर्माण गरिएको हो । ठेकेदार कम्पनी श्रीजयन्ती÷एडी÷जगदम्बा जेभी बौद्ध–६ काठमाडौंले तीन वर्ष लगाएर निर्माण गरेको नयाँ भवन गत जेठ १ गते हस्तान्तरण गरेको कोष नियन्त्रक लालबहादुर केसीले बताउनुभयो । 

१ करोड ८३ लाख २३ हजारमा पूरा गर्नेगरी ठेकेदार कम्पनीले २०७२ मंसिर १२ गतेसम्ममा सम्पन्न गर्नेगरी भवन निर्माणका लागि २०७१ भदौ १३ गते सम्झौता गरेको थियो ।

      भवन उदघाटन कार्यक्रममा कोलेनिकाका लागि निशुल्क जग्गा दिने जग्गादाता चन्द्रबहादुर कार्कीलाई सम्मान गरिएको छ । मालपोत कार्यालयमा नासु पदमा कार्यरत जग्गादाता कार्कीलाई महालेखा परिक्षक आचार्य, उपमहादेखा परिक्षक सुर्यमणी गौतम, उपमहादेखा परिक्षक भुवनप्रसाद काफ्ले र प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले दोसल्ला ओढाएर, फूलमाला र अबिर सहित सम्मान–पत्र प्रदान गरेका छन् । 

क्याप्सन : कोष तथा लेखा नियन्त्रक कार्यालयको भवन उद्घाटन गर्दै महालेखा नियन्त्रक रामकुमार आचार्य, तस्बिर सौजन्य, दमन राई 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित