२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पोखरामा विदेशी राष्ट्रप्रमुख स्तरका पाहुनाकालागि कोठा तयार गरिँदै

२०७४, १२ पुष बुधबार ०४:४८

पुस १२, पोखरा । कास्की जिल्लाको रुपाकोट गाउँपालिका–६ मा सञ्चालित रुपाकोट रिसोर्टले विदेशी राष्ट्रप्रमुख स्तरका अतिविशिष्ट पाहुनालाई लक्षित गरी स्वीट रुम तयार गर्ने भएको छ । 

रुपाकोट रिसोर्ट तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा मंगलबार आयोजित एक कार्यक्रममा रिसोर्टका प्रबन्ध निर्देशक पुष्पराज अधिकारीले सुविधासम्पन्न ४२ कोठासहित सेवा प्रवाह गरिरहेको रिसोर्टले थप चार वटा स्वीट रुमसहित अन्य छवटा सुविधासम्पन्न कोठा (डिलक्स रुम) तयार गर्न लागेको जानकारी दिनुभयो । 

“कुल २०० रोपनी क्षेत्रफलमा पर्यटक बस्नका लागि सुविधा सम्पन्न संरचना निर्माणका क्रममा हालसम्म रु ६० करोडभन्दा बढी लगानी भइसकेको छ,” उहाँले भन्नुभयो, “लगभग रु ३० करोडको लागतमा विदेशी राष्ट्रका राष्ट्राध्यक्ष बस्ने स्वीट रुमसहितका अन्य संरचना थप गर्न लागेका छौँ ।” 

आफ्नो २० वर्षे विदेशको बसाइका क्रमको सिकाइ एवं अनुभवलाई सँगाल्दै स्वदेशमा केही गर्नुपर्छ भन्ने सोचका साथ रिसोर्ट सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । 

रिसोर्ट परिसरलाई चराचुरुङ्गी, मौरी, विभिन्न जंगली जनावरले पानी पिउने तथा रमाउने किसिमको प्रकृतिमैत्री वातावरणयुक्त स्थल बनाइने बताउँदै उहाँले यहाँबाट एकसाथ ताल र हिमालका रमणीय दृश्य अवलोकन गर्न सकिने उल्लेख गर्नुभयो । 

गुणस्तरीय सेवा प्रवाह गर्ने रिसोर्टको लक्ष्य रहेको उहाँको भनाइ छ । कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, रुपाकोट गाउँपालिकाका अध्यक्ष नवराज ओझा, नेपाल पर्यटन बोर्ड, पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियालगायत विभिन्न पर्यटन व्यवसायी, सुरक्षा अधिकारी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र सञ्चारकर्मीको उपस्थिति थियो । 

सार्क विदेशमन्त्रीस्तरीय बैठक सम्पन्न हुनुका साथै भारतीय राष्ट्रपति, बेलायती राजकुमारजस्ता अतिविशिष्ट व्यक्तिले भ्रमण गरिसकेको पोखरामा अतिविशिष्ट पाहुनालाई लक्षित गरी थप संरचना तयार गर्न लागिनुलाई प्रशंसनीय कदम मानिएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित