३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डडेल्धुरामा दलित तथा विपन्न परिवारलाई १७३ घर बनाउँदै जनता आवास

१४ पुष २०७४, शुक्रबार ०७:२५

पुस १४, डडेल्धुरा । जनता आवास कार्यक्रमअन्तर्गत सहरी विकास मन्त्रालयले चालू आर्थिक वर्षमा डडेल्धुरामा १७३ घर बन्ने भएको छ । 

जिल्लाको अमरगढी नगरपालिका, गन्यापधुरा गाउँपालिका र अजयमेरु गाउँपालिकामा अति विपन्न दलित परिवारलाई लक्षित गरी जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माणको काम शुरु भइसकेकाले चालू आवमै निर्माण सम्पन्न हुने शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयले जनाएको छ । 

उक्त कार्यक्रमअन्तर्गत घरवासको व्यवस्था गर्न नसक्ने जिल्लाका अति विपन्न दलित परिवारका लागि घर बन्न थालेपछि झुपडीमा बस्दै आएका उनीहरू पक्की घरमा बस्न पाउने भन्दै खुशी भएका छन् । 

पुख्र्यौली घरमा चारभाइ बहिनीलाई बस्नका लागि पनि ठाउँ पुग्दैनथ्यो सरकारले नयाँ घर बनाइदिने भएपछि आफूले पनि नयाँ घरमा बस्न पाउँदा खुशी लागेको अजयमेरु गाउँपालिका–१ समैजीका धनी दमार्इंले बताउनुभयो । 

समूह बनाई प्रतिपरिवारलाई नेपाल सरकारले रु तीन लाख ३५ हजार अनुदान पनि दिने जनाएको छ । दुईकोठे भान्सासहितको घर निर्माण गर्ने गरी काम शुरु भएको छ । यहाँका अति विपन्न दलित परिवार घर निर्माण गर्न नसक्दा एउटै घरमा दुई वा दुईभन्दा बढी परिवार बस्दै आइरहेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’