३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भारतीय नाकाबन्दिको हल्लाले नुन लिनेको घुइँचो

१६ पुष २०७४, आईतवार १५:४३

दान बहादुर बुढा/पुस १६, मुगु । प्रतिनीधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको परिणाम पश्चात अव नेपालमा भारतिय नाकाबन्दि हुन सक्ने हल्लाका कारण हिजो आज नेपाल साल्ट ट्रडिङ्ग कर्पोरेशन मुगुको वितरण केन्द्रमा नुन लिने स्थानीयवासीको घुईचो लाग्ने गरेको छ । 

निर्वाचनको परिणाम पछि देशमा बामपन्थीको बहुमतिय सरकार बन्ने यसबाट भारतले नेपाल माथि नाकाबन्दि गर्न सक्ने शंका उपशंकाका कारण जिल्लाका स्थानीयवासीले नाका बन्दि भए नुन अभाव हुन सक्ने भन्दै नुन लिन आएको बताएका छन । 


नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधान मन्त्री बनेको समयमा भारतले नाका बन्दि गर्दा नेपालमा दैनिक उपभोग्य बस्तु, खाना पकाउने, ग्याँस, डिजल, पेट्राल लगायत निर्माण सामाग्रीको समेत अभाव भए भएको थियो । 

अहिले पनि केपी ओली प्रधान मन्त्री बन्ने र देशमा बाम पन्थीहरुको सरकार बनेपछि पनि नाकाबन्दि हुने र नुन समेत भारतबाट आउने भएकाले नुनको अभाव हुनसक्छ भन्ने गाउँमा हल्ला चलेकाले आफु नुन लिन आएको छायानाथ रारा नगरपालिका वडा नम्बर ६ का स्थानीयवासी मयलाल बोहोराले बताए ।

बोहोरा जस्तै साल्ट टे्रडिङ्गको नुन वितरण केन्द्रमा पुगेका छायानाथ रारा नगरपालिका वडा नम्बर पाँचका महेन्द्र विकले पनि नेपालमा ओलीको नेतृत्वमा बाम पन्थी सरकार बन्न लागेको र ओलिले ठुल ठुला कुरा गर्ने काम केहि गर्न नसक्ने र भारतलाई रुष्ट बनाई नाकाबन्दि निम्त्याउन सक्ने भएकाले नाकाबन्दिमा नुनको अभाव टार्न समयमा नै नुन लिन् आएको बताए । गाउँमा अब नाका बन्दि हुने, बजारमा दैनिक उपभोग्य बस्तुसंगै नुनको समेत अभाव नहोस भनेर नुन लिन आएको वडा नम्बर पाँचकि माया रोकायाले बताईन ।


विगतमा दैनिक आठ दश जना आउने र दश विस केजी बाहेक बढि नुन नलिने सर्व साधारणहरु आठ दश दिन यता देखि चालिस पचास केजी नुन लिएर जाने गरेका थिए भर्ने २ साता यता ३०० क्वीण्टल नुन बितरण भएको नेपाल साल्ट ट्रडिङ्ग कर्पोरेशन मुगु शाखाका प्रमुख खगेन्द्र कार्कीले जानकारी दिए । दश दिन यता दैनिक चालिस देखि असि क्वीण्टलसम्म नुन विक्रि हुने गरेको शाखा प्रमुख कार्कीको भनाई छ । 

नेपाल सरकारले आयोडिन मिसाईएको नुन सर्व साधारण तथा उपभोक्तालाई प्रति केजी ९ रुपैयाँको दरले उपलब्ध गराउदै आएको छ जुन नुन भारतबाट आयात हुने गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’