३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हलेसी बजार आगलागीको क्षति विवरण संकलन शुरु, पिडितलाई धमाधम राहत वितरण

१९ पुष २०७४, बुधबार ०८:५१

चिसाङ शेर्पा/पुस १९, खोटाङ । खोटाङको धार्मिक तथा पर्यटकियस्थल हलेसी बजारमा भएको आगलागीको क्षति विवरण संकलन कार्य शुरु भएको छ । 

हलेसी तुवाचुङ नगरपालिका ७ महादेवस्थानका ब्यवसायी मगम राईको घरबाट शुरु भएको आगोले पुर्णरुपमा चार घर जलेर नष्ट भएको छ । पाँच घरमा आंशिक क्षति भएको छ ।

मंगलबार साँझ ७ ः ३० बजेबाट खाना पकाउने ग्याँस पड्कीएर शुरु भएको आगोले मगम राई, उचित राई, टम्ब राई र अम्बराज राईको घर पुर्णरुपमा नष्ट भएको खोटाङका प्रहरी नायब उपरिक्षक लोकदर्शन थापाले बताउनुभयो । 

थापाका अनुसार प्रकाशचन्द्र गिरी, रेगिन राई, शरण राई, गोबिन राई, कौशिला राईको घरमा आंशिक क्षति भएको छ । आगोलाई मंगलबार राती ११ बजे स्थानियबासी, नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । क्षतिको यक्किन विवरणका लागि जिल्लाबाट डिएसपी थापासहित हलेसी डिडेका छन् ।


बुधबार बिहान जिल्ला प्रशासन कार्यालयमा जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले बैठकबसी तत्कालका लागि पुर्ण क्षति भएकालाई दश हजार, आंशिक क्षतिलाई ५ हजार नगद दिने भएका छन् । पिडितहरुका लागि पुर्नवास आवाश्यक परेमा नेपाली सेना र बन कार्यालयले टहरा निर्माण गरिदिने सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदीले बताए । 

यस्तै, खोटाङ उधोग वाणिज्यसंघले आगलागी पिडितका लागि आर्थिक सहयोग गरेका छन् । संघले पुर्णक्षति प्रतिघर दश हजार तथा आंशिक क्षतिलांई ३ हजार दिएको खोटाङ उधोग वाणिज्यसंघका अध्यक्ष राजेन्द्र लयालुले बताए । रेडक्रसले त्रिपाल, राहत दिदैछ । 

सरोकारवाल संघसंस्था राहत वितरणका लागि हलेसी पुगेका छन् ।  

हलेसी तुवाचुङ नगरपालिकाले आगलागी पिडितलाई खाधान्न, लत्ताकपडा, किचन सामग्री बितरण गरिसकेको छ । पिडितका लागि वास व्यवस्थापनको तयारी भइरहेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इबन राईले बताउनुभयो । 

आपतको घडीमा देश तथा बिदेशमा रहेका सहयोगीदातालाई सहयोग गर्न नगरपालिकाले अनुरोध गर्दै राहत संकलनका लागि ‘नगर राहत व्यवस्थापन कोष’ खडा गर्न लागिएको मेयर राईले बताए । 

नगरपालिकाले आगलागी पिडितका लागि सहयोगार्थ बुधबारबाट व्यानरसहित हलेसीबाट सहयोग संकलन शुरु गरेको छ । नगरप्रमुख बिमला राई तथा कार्यकारी अधिकृत अनिल किराती कामको शिलशिलामा काठमाण्डौ रहेका उहाँहरुलाई त्यहींबाट सहयोगका लागि खट्न र सबैलाई यस अभियानमा ऐक्यबद्धता जनाउन अनुरोध गरिएको नगरप्रमुख राईले बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’