३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वडा अध्यक्षले अनुदानमा सोलार बितरण गर्दै

२० पुष २०७४, बिहीबार १२:२०

टेक शाही | पुस २०, सास (डोल्पा) | डोल्पा जिल्लाका एक वडा अध्यक्षले १ सय थान अनुदानमा सोलार बितरण गरेका छन । काईके गाँउपालिका वडा नं ७ का अध्यक्ष रामचन्द्र रोकायाले वडा नं.५,६ र ७ का सबै ३ सय घरधुरिलाइ सोलार बितरण गरेका छन । 

सुनेरा कम्पनीको ५५ वाटको सोलार साविकको लावन गाविसका बरिव ३ सय घरधुरीलाइ बितरण गर्न लागिएको वडा अध्यक्ष रामचन्द्र रोकायाले जानकारि दिए । उनका अनुसार हाल १ सय थान मात्र आएको र अब २ सय थान सोलार आउन बांकी रहेको बताए । उनले भने अब बांकी सोलार पनि आउदै गरेकोर आएको सोलार बितरण गरि रहेको बताए । 

उर्जा मन्त्री महेन्द्र बहादुर शाहीको सिफारीसमा बैकल्पीक उर्जा मार्फत ३ सय थान सोलार ७५ प्रतिशत अनुदानमा डोल्पा ल्याएको अध्यक्ष रोकायाले जानकारि दिए । दियालोमा दैनिकि गुजारेका जनतालाइ जन प्रतिनिधि भएर चुनिए पछि पहिलो पटक जनताको घरमा सोलारको उज्यालो दिने सानो प्रयास गरेको रोकाया बताउछन । 


प्रति थान २५ हजार बराबर पर्ने ५५ वाटको सोलारमा ७५ प्रतिशत बैकल्पीक उर्जाले अनुदान दिएको छ भने बांकी २५ प्रतिशत जनताले आफै ब्यहोर्नेछन । सदरमुकाम दुनैबाट जनताको घर सम्म भाडा र अन्य खर्च सहित प्रतिघरले ९ हजार बराबर खर्च हुने स्थानिय सुकमति बुढाले बताइन । 

दियालाको उज्यालोमा बसेर दिन बिताएका हामी अब यति ९ हजार तिर्न कुनै समस्या नभएको स्थानीय बिष्णु चन्द्र बोहोर खुसि ब्यक्त गर्छन । उनि भन्छन वडा अध्यक्षले जनताको मनो भावना बुझेका छन खुसीको सिमा छैन धन्यबाद पनि कसरि दिनु । 


कर्णालीकै मन्त्री भएर पनि होला कर्णालीको दुख बुझे धेरै पिछडीएको गाँउमा अनुदानमा सोलार बितरण गर्न पाउदा सरकारलाइ धन्यबाद दिन्छु मन्त्री शाहीलाइ धन्यबाद दिन्छु वडा अध्यक्ष रामचन्द्र रोकायाले खुसि ब्यक्त गरे । उनि भन्छन सानो मेहेनत गरेको छैन तर यो मेरो जनताको लागि सानो उपहार हो म चाहन्छु जनतालाइ सुख र खुसि भएको हेर्न चाहन्छु । 

बिकास र शिक्षामा पछि परेको काइके गाँउपालिकाको ३ वटा वडामा आफनो कार्यकालमा थोरै भए पनि परिवर्तन गर्ने बाचा गरेको र जनताले सुखका साथै बिकास भएको आभास गराउने तर्फ लागि परेको वडा अध्यक्ष रोकायाले बताए । अनुदानमा सोलार पाउदा स्थानियहरु खुसी हुदै अध्यक्षलाइ राइका र टिका लगाएर धन्यबाद दिइ रहेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’