२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ठेकेदारको लापरवाहीका कारण डोल्पामा खाद्यान्न ढुवानी हुन सकेन

२०७४, २४ पुष सोमबार १२:३५

टेक शाही | पुस २४, साझासवाल | डोल्पा जिल्लामा ठेकेदारको लापरवाहीको कारण खाद्यान्न ढुवानी हुन सकेको छैन । आर्थिक बर्ष ०७४/०७५मा मात्रै डोल्पा जिल्लाका लागि २३ हजार ९ सय क्वीनटल चामल स्वीकृत भएको नेपाल खाद्य संस्थान शाखा कार्यालय डोल्पाले जानकारि दिएको छ । 

ओम जय दुर्गे जनरल अर्डर एण्ड सप्लार्यस लाटीकोइली सुर्खेत र ईन्द्रदीप कन्सट्रक्सन बिरेन्द्रनगर सुर्खेतले डोल्पाको लागि खाद्यान्न ढुवानीको लागि ठेक्का दिलएको नेपाल खाद्य संस्थान शाखा कार्यालय डोल्पाका प्रमूख हरि प्रसाद जोसिले जानकारि दिए । 

नेपालगञ्ज, दाङ, सुर्खेत र जुम्लाबाट डोल्पा सम्म ढुवानीको लागि जिम्मा लगे पनि दुबै ठेकेदारले हालसम्म चामल डोल्पा शाखाको गोदाम सम्म पुराउन सकेका छैनन । बाटोको समस्या,ढुवानीको साधन नभएको,भाडादर नमिलेको जस्ता बिभिन्न बहानामा हरेक बर्ष डोल्पाको खाद्यान्न ढुवानीमा ठेकेदारले लापरवाही गर्ने गरेको नेपाल खाद्य संस्थानले जानकारि दिएको छ । 


यस आर्थिक बर्षमा जम्मा जिल्ला भरिमा १ हजार क्वीन्टल मात्र चामल ढुवानी भएको शाखा प्रमूख जोसीले जानकारि दिए । उनका अनुसार बारम्बार ताकेता गदाए पनि ठेकेदारले डिपो कार्यालयमा चामल ढुवानी नगरे पछि दशै देखी नै जनताले चामल खान नपाएको बताउछन । 

डोल्पाका सबै डिपोको लागि जिम्मा आफुहरुले लिएको तर सडकको असजता र ढुवानी गर्ने साधनको समस्याका कारण समयमा ढुवानी हुन नसकेको ईन्द्रदीप कन्सट्रक्सन मालिक जबानसिँ बुढाले बताए । उनले भने अब छिट्टै ढुवानी गर्नको लागि प्रयास गरि रहेको तर ढुवानीका साधनहरुसंग कुरा नमिलेको कारण रोकिन गएको बताए । 

आर्थिक बर्ष ०७४÷०७५ मा दुनै डिपोमा १४ हजार क्वीन्टल,जुफाल,लिकु,काईगाउ र सर्मि गरि प्रत्यक डिपोमा १ हजार ८ सय क्वीन्टल त्यसै गरि माथिल्लो डोल्पाको तिन्जे डिपोमा ४ हजार ५ सय क्वीन्टल केन्द्रबाट स्वीकृत भएको छ । तर हाल सम्म डोल्पामा १ हजार क्वीन्टल मात्र चामल दुनै र जुफाल डिपोमा पुगेको नेपाल खाद्य संस्थान डोल्पा शाखाले जानकारि दिएको छ ।  


अघिल्लो आर्थिक बर्षमा जिल्ला भरिमा गरेर २० हजार क्वीन्टल चामल ढुवानी भइ बितरण भएको थियो । अघिल्लो बर्षमा ३ महिनाको अन्तरमा बितरण भएको चामल यस बर्ष ५ महिना बिति सक्दा पनि ठेकेदारले ढुवानी नगरे पछि जनताले चामल पाएका छैनन । 

प्रति परिवार ३ केजिका दरले प्रत्यक महिनामा चामल पाउनु पर्ने भए पनि डोल्पाका जनताले ५ महिना बितिसक्दा पनि चामल पाएका छैनन । दैनिक जसो जनताहरु खाद्यको गोदाममा प्ुग्दा गोदाममा चामल नभएर पछि खाली हात फर्काउनु पर्ने बाध्यता रहेको जिल्ला शाखा प्रमूख हरि प्रसाद जोसी बताउछन । 

खाद्यको चामल र नुनको लागि राजनितिहूने डोल्पामा पछिल्लो समय चामल बितरण हुन नै छोडे पछि राजनितिकदलका नेताहरु पनि मौन बसेका छन । पार्टिको नाममा ठुलो सख्यामा सिफारिस लेख्ने नेताहरुले ५ महिना सम्म जनताले चामल नपाउदा समेत कानमा तले राखेर बसेको नागरिहरुको आरोप छ । 

ठेकेदारले समयमा ढुवानी नगरे पछि माथिल्लो डोल्पाका साविकका २ गाविस छार्का र मुकोटका जनताले आर्थिक बर्ष ०७२÷०७३ देखि चामल खान पाएका छैनन । तिन्जेको मरिम क्याटो सम्म चिनबाट ढुवानी गर्ने तर छार्का र मुकोटबाट मरिम सम्म गएर ढुवानी गर्न नसक्ने भएकोले २ आर्थिक बर्ष सम्म त्यस क्षेत्रका जताले नेपाल सरकारले अनुदान दिने चामल खान नपाएको नेपाल खाद्य संस्थानले शाखा कार्यालय डोल्पाले जानकारि दिएको छ । 


सडकले नछोएको जिल्ला डोल्पामा खाद्यन्नको ढुवानी गर्नु पर्ने बाध्यता रहेको छ । भौगोलिक तथा क्षेत्रफलमा ठुलो जिल्ला भए पनि खोती योग्य जमिन जम्मा १ दशमलव ५ प्रतिशत मात्र रहेकोले नेपाल सरकारको खाद्यान्नमा भर पर्नु पर्ने बाध्यता रहेको छ । 

सरोकारवाला निकायले ठेकेदारलाइ ताकेता नगरे पछि हरेक बर्ष डोल्पामा आउने चामल ढुवानी हुन सक्दैन । अघिल्लो बर्षको करिव १ हजार ९ सय क्वीन्टल चामल यस बर्ष मात्रै जिल्लामा पुगेको शाखा प्रमूख जोसीले जानकारि दिए । ढुवानीका लागि ठेक्का खुले पछि कामको लागि कम दररेटमा जिम्मा लिने तर पछि बिभिन्न बहाना गर्ने र ठेकेदारले समयमा ढुवानी नगर्ने गदृछन । 

एकै पटक मात्र अन्न बाली उत्पादन हुने र त्यो बालिले बर्ष भरि खान नपुग्ने भएको कारण जनताले खाद्यान्नको चामलको माग गरि रहनछन । तर जनताले जति नै माग गरे पनि नेपाल खाद्य संस्थान भन्दा माथिल्लो साशन चलाएर ठेकेदारले ढुवानी नगर्दा करिव ४० हजार जनताको दैनिकि खोसिदै गएको छ । यहि इस्थीतिमा गएमा यस आर्थिक बर्षमा पनि ४० प्रतिशत मात्र खाद्यान्न ढुवानी हुने देखिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ