२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पूरा हुँदै कलंकी–कोटेश्वर सडकखण्ड

२८ पुष २०७४, शुक्रबार ०८:३५

सञ्चिता घिमिरे/पुस २८, ललितपुर । तपाई कलंकीको जाममा कतिपटक पर्नुभएको छ ? एक दुई वा त्योभन्दा बढी पनि हुनसक्छ । 

यदि तपार्इं काठमाडौँ उपत्यका बाहिर ओहोरदोहोर गरिरहनुहुन्छ भने दशौँपटकसम्म पनि जाममा पर्नुभएको हुनसक्छ । तर अब भने त्यो समस्याबाट भुक्ति पाउनु हुने भएको छ । 

चिनियाँ सरकारको सहयोगमा नेपालमा पहिलो पटक आठ लेन सडक कोटेश्वर–कलंकी–चक्रपथ विस्तारको काम भइरहेको छ । छ महिनामा नै सक्ने योजनाका साथ काम अघि बढेको हो । सडक पूरा भएपछि कलंकीको जाम हटेर काठमाडौँ उपत्यका बाहिर सहजरुपमा ओहोरदोहोर गर्न सकिन्छ । 

यो सडकखण्डमा ७५ प्रतिशतभन्दा बढी काम सकिएको काठमाडौँ चक्रपथ सुधार योजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्यालले बताउनुभयो । उहाँका अनुसार कोटेश्वरदेखि धोबीघाटसम्मको साइड लेनको कालोपत्र गर्ने कार्य सकिएको छ । रेटेनिङ वाल, सवारी कुद्ने पुल र आकाशेपुल निर्माण सम्पन्न भइसकेको छ । केहि ठाउँको कार्य भने अन्तिम चरणमा पुगेको छ । 

कोटेश्वरदेखि धोबीघाटसम्म दुवैतिर मुख्य लेनमा कालोपत्र गर्ने कार्य भइरहेको छ । खसीबजारदेखि कलंकीसम्मको ‘अण्डर पास’ को काम पनि भइरहेको छ । फुटपाथ र सर्भिस मार्गको काम अघि बढेको छ, उहाँले भन्नुभयो, “तीव्र गतिमा काम भइरहेकाले केही समयमा नै सकिनेछ ।” 

चिनियाँ सरकारको सहयोगमा निर्माणाधीन यो सडक निर्माणको ठेक्का चिनियाँ कम्पनी सङ्घाई कन्स्ट्रक्सन गु्रपले पाएको छ । पछिल्लोपटक भएको सम्झौताअनुसार आगामी जुलाईसम्म यसको निर्माण कार्य सक्नुपर्ने हुन्छ । भूकम्प र नाकाबन्दीका कारण यसका निर्माण कार्य सम्पन्न गर्न एक वर्षको अवधि थप गरिएको थियो, इञ्जिनियर अर्यालले भन्नुभयो, “अब जुलाईमा नै सक्ने गरेर काम अघि बढेको छ ।” 

यो परियोजनाको निर्माणका काममा पूरै प्राविधिक जनशक्ति चिनियाँ नागरिक नै छन् । अदक्ष कामदारमा भने नेपाली र चिनियाँ दुवै छन् । यो सडकखण्डको निर्माणमा करिब ६० जना नेपाली र २०० चिनियाँ कामदार खटिएका छन्, उहाँले भन्नुभयो, “हामीले मुख्य गरेर अरु निकायसँग समन्वयको काम नै गरिरहेका छौँ ।” 

पाइप लाइन, विद्युत्का पोल, सडक छेउका घर टहरालगायतका कारणले गर्दा काममा भने केहि ढिलाइ हुने गरेको छ । सडकमा बिच्छ्याइएका मेलम्ची र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका पाइप समय–समयमा सडकले गर्दा फुट्ने गरेको छ । 

सातदोबाटो, खसीबजार, महालक्ष्मीस्थानमा सडक छेउमा घर–टहरा छन् । आठ लेनको सडकको बाहिर पर्ने सर्भिस सडक पर्ने ठाउँमा भएका यी घर–टहराले गर्दा काम अघि बढ्न सकेको छैन, इञ्जिनियर अर्यालले भन्नुभयो, “हामीले पटक–पटक भन्दा पनि स्थानीयवासीले घर भत्काउन अटेर गरिरहेका छन् ।” 

मुख्य लेन, सहायक मार्ग र सर्भिस मार्ग गरेर १० लेनको सडक निर्माण भइरहेको हो । चक्रपथ छिर्ने विभिन्न सडकहरु यो सडकखण्डमा पर्छ । यी सडकमा चक्रपथ बाहिर निस्कने सडक कुन निकायले कालोपत्र गर्ने भन्ने टुंगो लागेको छैन । परियोजनासँग यी सडकमा काम गर्ने सम्झौता थिएन । यी सडक नसुुध्रँदा त्यसको असर सडक निर्माण पछि पर्नेछ, उहाँले भन्नुभयो, “यी सडक कच्ची हुँदा नयाँ सडकमा समेत धुलो र हिलो फैलनेछ ।” 

यो सडकको रु एक अर्ब लगानीमा यो सडकको निर्माण कार्य भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी