३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काबेली करिडोरको कामले गति लिन सकेन्

६ माघ २०७४, शनिबार १०:३३

माघ ६, पाँचथर । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको १३२ केभीए विद्युत् प्रसारण लाइन ‘काबेली करिडोर’ को निर्माणमा ढिलाइ भएको छ । 

दश वर्ष पहिले निर्माण प्रक्रिया अघि बढाइएको प्रसारण लाइनको कामले अपेक्षित गति लिन नसक्दा दोस्रोपटक थपिएको समय पनि सकिन लाग्दा आयोजनाको काम नसकिने देखिएको छ । दोस्रोपटक थपिएको म्याद सकिन लाग्दा आयोजना निर्माणको काम ७० प्रतिशतमात्र पूरा भएको छ । 


पाँचथर, इलाम, ताप्लेजुङ र तेह्रथुममा उत्पादन गरिएको बिजुलीलाई राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोड्ने उद्देश्यका साथ १० वर्ष अघिदेखि करिडोर निर्माण प्रक्रिया अघि बढाइएको थियो । 

करिडोर निर्माणको जिम्मा पाएका कम्पनीले निर्माण कार्यमा पर्याप्त जनशक्ति परिचालन गर्न नसक्दा कामले तीव्रता नपाएको काबेली करिडोरका प्रमुख दीपेन्द्रराज द्विवेदीले जानकारी दिनुभयो । 

“शुरु शुरुमा करिडोर लाइन विस्तार गर्न जग्गामा विवाद भयो”, प्रमुख द्विवेदीले भन्नुभयो, ‘पछिल्लो समयमा जग्गाको विषयमा विवाद त छैन तर निर्माण कम्पनीले आवश्यक जनशक्ति परिचालन गर्न नसक्दा समस्या भने आएको हो ।” 

करिडोरको प्रसारण लाइन निर्माणको काम भारतीय निर्माण कम्पनी जगुवर एन्ड एस्टर प्रालिले गरिरहेको छ । दोस्रोपटक थपिएको म्याद आगामी वैशाख १० गते सकिँदैछ । “वैशाखभित्रमा पनि करिडोरको काम सकिने सम्भावना छैन, पछिल्लो समयमा निर्माण कम्पनीले जनशक्ति परिचालन नै गर्न सकेन,” प्रमुख द्विवेदीे भन्न्नुभयो । झापाको दमकदेखि पाँचथरको अमरपुरसम्मको ९० किलोमिटर लामो प्रसारण लाइन निर्माणको काममा ढिला गरिँदा तीन जिल्लामा निर्माणाधीन जलविद्युत् आयोजनाको कामसमेत प्रभावित भएको छ । 

नेपाल विद्युत् प्राधिकरणले २०६३ सालदेखि करिडोर निर्माणको प्रक्रिया अघि बढाएको थियो । प्रक्रिया शुरु भएको तीन वर्ष ढिलो गरी दुई वटा भारतीय निर्माण कम्पनीलाई प्रसारण लाइन निर्माणको जिम्मा दिइएको हो । 

करिडोरका चारै वटा सवस्टेसन निर्माणको काम एक वर्षअघिनै पूरा भएको छ । झापाको दमक, इलामको गोदक, पाँचथरको फिदिमस्थित थापाटार र अमरपुरको दुबीचौरमा सवस्टेसन निर्माणको काम सम्पन्न भएको हो । ९० किलोमिटर प्रसारणलाई विस्तारका लागि २५९ वटा टावर राख्नुपर्ने हुन्छ । हालसमम्म १२२ वटा टावर राखिएको छ । 

दोस्रोपटक थपिएको म्याद सकिन लाग्दा आयोजना निर्माणको काम ७० प्रतिशतमात्र पूरा भएको छ । झापाको दमकदेखि इलामसम्मको ९४ वटा टावर र पाँचथरको थापाटारदेखि अमरपुरको दुबीचौरसम्म २८ वटा टावर राख्ने काम सम्पन्न भएको हो । इलामको गोदकदेखि झापासम्मको प्रसारण लाइन निर्माण सम्पन्न भएको हो । 

विश्व बैंक, नेपाल सरकार र नेपाल विद्युत् प्राधिकारणको कूल रु तीन अर्ब ५९ करोडको लागतमा करिडोर निर्माणको काम अघि बढाइएको हो । 

८० प्रतिशत विश्व बैंकको लगानीमध्ये १५ प्रतिशत अनुदान र ६५ प्रतिशत ऋण लगानीमा कामअघि बढाइएको हो । निर्धारित समयमा करिडोरको काम सम्पन्न नहुँदा पाँचथर, इलाम र ताप्लेजुङमा निर्माणाधीन जलविद्युत् आयोजना निर्माणको काम पनि प्रभावित भएको छ । 

विश्व बैंकको सहयोगमा विद्युत् प्राधिकरणले प्राथमिकतामा राखेर अघि सारेको करिडरको काम शुरुवाती समय देखिने सुस्त भएकाले जलविद्युत् आयोजना निर्माणको काम प्रभावित भएको जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’