३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ताङतिङ, करापुडाँडा र याङ्जाकोट होमस्टे ट्रेल अन्वेषण भ्रमण

६ माघ २०७४, शनिबार ११:५९

माघ ६, पोखरा । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) प्रदेश नं ४ को संयोजनमा कास्कीमा घरबास सञ्चालन भएको ताङतिङ गाउँबाट करापुडाँडा हुँदै याङ्जाकोट जोड्ने पदमार्गको प्रवद्र्धन एवं विकासका लागि तीन दिने अन्वेषण भ्रमण शुरु गरिएको छ । 

भिटोफको केन्द्र एवं प्रदेशका क्रियाशील पदाधिकारी, ग्रामीण पर्यटनका क्षेत्रमा कलम चलाउने सञ्चारकर्मी एवं पर्यटन व्यवसायी समेतको प्रतिनिधित्व गराउँदै उक्त क्षेत्रको अन्वेषण भ्रमण शुरु गरिएको हो । 

पदयात्रा र घरबास पर्यटन एक अर्कामा प्रत्यक्ष अन्तर सम्बन्धित भएका कारण यी दुवैलाई एक साथ अघि बढाउन भिटोफले ‘घरबास–पदयात्रा’ पर्यटनको अवधारणा अघि बढाएको भिटोफ प्रदेश नं ४ का अध्यक्ष रवीन्द्रराज पौडेलले बताउनुभयो । 

पदमार्ग छोटिँदै गएका अवस्थामा घरबास सञ्चालन भएको एक ठाउँबाट अर्को ठाउँमा पर्यटकलाई पदयात्रासहित खाना तथा आवासको सुविधा उपलब्ध गराउन सकिने भएका कारण यो अभियानको शुरुवात गरिएको अध्यक्ष पौडेलको भनाइ छ । 


कास्कीको मादी गाउँपालिकामा पर्ने पर्यटकीय ताङतिङ गाउँ र याङ्जाकोटलाई करापुडाँडा हुँदै जोड्ने कार्यले यस क्षेत्रको पर्यटकीय सम्भाव्यतालाई थप उजागर गर्ने मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले बताउनुभयो । 

यस अभियानको सफलताका लागि गाउँपालिका क्रियाशील भएर लाग्ने उहाँले बताउनुभयो । प्रचारप्रसार एवं पूर्वाधार अभावका कारण नेपालका धेरै पर्यटकीय गाउँ विकासका दृष्टिले अझै ओझेलमा परेको भिटोफका सल्लाहकार डा प्रेम शर्माले बताउनुभयो ।

भिटोफ प्रदेश नं ४ का पूर्वअध्यक्ष तारानाथ पहारीले भिटोफकै पहलमा धेरै पर्यटकीय गाउँमा घरबास कार्यक्रम सञ्चालन भएको बताउँदै घरबास सञ्चालन भएका एक ठाउँबाट अर्को ठाउँलाई पदमार्गमार्फत जोड्ने अभियानले गाउँमा आर्थिक समृद्धि ल्याउने विश्वास व्यक्त गर्नुभयो ।  

मादी गाउँपालिका–२ का अध्यक्ष एकजंग गुरुङले प्रकृति र संस्कृतिलाई जोड्न सकेमात्र पनि यहाँका धेरै गाउँले विकासमा फड्को मार्ने विचार राख्नुभयो । पोखरा हुँदै ताङतिङबाट शुरु भएको पदमार्ग अन्वेषण भ्रमण करापुडाँडा हुँदै याङ्जाकोटमा गएर समापन गरिने आयोजकले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’