२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ठेकेदारका ढिलासुस्तीले झोलुंगे पुल अलपत्र, पचास रुपैयाँ तिर्दै नदि तर्नुपर्ने बाध्यता

११ माघ २०७४, बिहीबार १४:३२

चिसाङ शेर्पा/माघ ११, खोटाङ । खोटाङको पौवासेरा बंशिलाघाटस्थित दुधकोसी नदीमा निर्माणाधिन झोलुंगे पुल अलपत्र बनेको छ । 

बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौडण्डी जोड्ने पुल ठेकेदारको ढिलासुस्तीका कारण म्याद गुज्रिंदा समेत पूरा हुन सकेको छैन ।

निर्माण कम्पनी जगदम्बा र शंकरमाली जेभीले १५ महिनामा पूरा गर्नेगरी ठेक्का लिएको झोलुंगे पुल निर्माणमा ढिलासुस्ती भएपछि स्थानीय सास्ती खेप्न बाध्य छन् । नदीमा पुल नहुँदा दुई जिल्लाका स्थानियहरु डुंगाबाट जोखिम मोलेर आवतजावत गर्ने गरेका छन् ।

कूल एक करोड ४३ लाखको लागतमा पूरा गर्नेगरी ठेक्का लिएको दुई सय ३० मिटर लम्बाइ भएको पुलको हाल दुवैतर्फका जग हाल्ने बाहेकका काम हुन नसकेको जन्तेढुंगा गाउँपालिकाका प्रमुख शंकर बहादुर राईले बताउनुभयो ।

योजनाका लागि निर्माणस्थलमा ल्याइएका सिमेन्ट सडेर डल्लो परेको छ । जग पनि झाडीले पुरिसकेको स्थानीय बताउँछन् । आगामी तीन महिनाभित्र पुलको काम पूरा गर्नेगरी काम थालिएको ठेक्का पाएका प्रेम राईले बताए ।

पुल नहुँदा जन्तेढुंगा र बराहपोखरी गाउँपालिकाका १२ वडाका स्थानीय सदियौंदेखि बंशीलाघाटमा डुंगाबाट सुनकोसी वारपार गर्दैआएका छन् । बंशीलाघाट तराई आउजाउका लागि जिल्लाको दक्षिणी क्षेत्रका स्थानीयको मुख्य नाका हो । बंशिलाघाटको वारीपारी कच्ची सडक बनिसकेको र मालबाहक सवारी साधन ओहोर–दोहोर गरिरहेको भएपनि पुल नबन्दा स्थानीय उपभोग्य सामग्री ढुवानीमा समस्या झेल्न बाध्य छन् । पुलकै कारण डुंगाबाट मानिस तर्न ५० रुपैयाँ, मोटरसाईकल ३ सय, पशुचौपायाँ सय रुपैयाँले तार्नुपर्ने बाध्यता छ । 

‘बंशिलाघाटबाट तारिएको सामान जन्तेढुंगा गाउँपालिकाको चिसापानी लगायत बजारमा आउने गरेको छ,’ जन्तेढुंगा गाउँपालिका प्रमुख राईले भने, ‘हालसम्म बनिसक्नुपर्ने पुल अलपत्र छ, हाम्रो गाउँपालिकाका जनता सानो डुंगाबाट जोखिम मोलेर तराईको सामान ल्याउन बाध्य छन् ।’ समयमा पुल निर्माण कार्य पूरा गर्न पटक–पटक दबाब दिँदा पनि काममा आलटाल भएको प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले बताए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो