२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ठेकेदारका ढिलासुस्तीले झोलुंगे पुल अलपत्र, पचास रुपैयाँ तिर्दै नदि तर्नुपर्ने बाध्यता

२०७४, ११ माघ बिहीबार १४:३२

चिसाङ शेर्पा/माघ ११, खोटाङ । खोटाङको पौवासेरा बंशिलाघाटस्थित दुधकोसी नदीमा निर्माणाधिन झोलुंगे पुल अलपत्र बनेको छ । 

बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौडण्डी जोड्ने पुल ठेकेदारको ढिलासुस्तीका कारण म्याद गुज्रिंदा समेत पूरा हुन सकेको छैन ।

निर्माण कम्पनी जगदम्बा र शंकरमाली जेभीले १५ महिनामा पूरा गर्नेगरी ठेक्का लिएको झोलुंगे पुल निर्माणमा ढिलासुस्ती भएपछि स्थानीय सास्ती खेप्न बाध्य छन् । नदीमा पुल नहुँदा दुई जिल्लाका स्थानियहरु डुंगाबाट जोखिम मोलेर आवतजावत गर्ने गरेका छन् ।

कूल एक करोड ४३ लाखको लागतमा पूरा गर्नेगरी ठेक्का लिएको दुई सय ३० मिटर लम्बाइ भएको पुलको हाल दुवैतर्फका जग हाल्ने बाहेकका काम हुन नसकेको जन्तेढुंगा गाउँपालिकाका प्रमुख शंकर बहादुर राईले बताउनुभयो ।

योजनाका लागि निर्माणस्थलमा ल्याइएका सिमेन्ट सडेर डल्लो परेको छ । जग पनि झाडीले पुरिसकेको स्थानीय बताउँछन् । आगामी तीन महिनाभित्र पुलको काम पूरा गर्नेगरी काम थालिएको ठेक्का पाएका प्रेम राईले बताए ।

पुल नहुँदा जन्तेढुंगा र बराहपोखरी गाउँपालिकाका १२ वडाका स्थानीय सदियौंदेखि बंशीलाघाटमा डुंगाबाट सुनकोसी वारपार गर्दैआएका छन् । बंशीलाघाट तराई आउजाउका लागि जिल्लाको दक्षिणी क्षेत्रका स्थानीयको मुख्य नाका हो । बंशिलाघाटको वारीपारी कच्ची सडक बनिसकेको र मालबाहक सवारी साधन ओहोर–दोहोर गरिरहेको भएपनि पुल नबन्दा स्थानीय उपभोग्य सामग्री ढुवानीमा समस्या झेल्न बाध्य छन् । पुलकै कारण डुंगाबाट मानिस तर्न ५० रुपैयाँ, मोटरसाईकल ३ सय, पशुचौपायाँ सय रुपैयाँले तार्नुपर्ने बाध्यता छ । 

‘बंशिलाघाटबाट तारिएको सामान जन्तेढुंगा गाउँपालिकाको चिसापानी लगायत बजारमा आउने गरेको छ,’ जन्तेढुंगा गाउँपालिका प्रमुख राईले भने, ‘हालसम्म बनिसक्नुपर्ने पुल अलपत्र छ, हाम्रो गाउँपालिकाका जनता सानो डुंगाबाट जोखिम मोलेर तराईको सामान ल्याउन बाध्य छन् ।’ समयमा पुल निर्माण कार्य पूरा गर्न पटक–पटक दबाब दिँदा पनि काममा आलटाल भएको प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले बताए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित