३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सक्रिय बचत तथा ऋण सहकारीको कारोबार १४ करोड बढि, अध्यक्षमा लयालु

१२ माघ २०७४, शुक्रबार ०३:२०

चिसाङ शेर्पा/माघ १२, खोटाङ । सक्रिय बचत तथा ऋण सहकारी संस्थाले स्थापनाको १६ बर्षमा १४ करोडभन्दा बढीको आर्थिक कारोवार गरेको छ । 

‘सवल सहकारिताको पुर्वाधार, आर्थिक संमृद्धिको आधार’ भन्ने लक्ष्यका साथमा २०५८ जेठ २ गते दिक्तेलमा स्थापना भएको संस्थाले हालसम्म १४ करोड ८ लाख ९ हजार ६१ रुपैयाँको कारोबार गरेको जनाएको छ । 


विहीबार दिक्तेलमा आयोजित संस्थाको १६ औं बार्षिक साधारणसभा तथा छैठौ अबिधेशनमा सहकारीका कोषाध्यक्ष श्यामकुमार सैंजुले स्थापनाकालमा ५३ जना सदस्यहरुबाट प्रतिकिता २५० रुपैयाँका दरले शेयर पुजिबाट संञ्चालित सहकारीले हालसम्म प्रतिकिता सयका दरले २९३ जना सदस्यबाट ५१ लाख ७० हजार ६ सय शेयर पुजि सञ्चालन भईरहेको बताउनुभयो । 

सहकारीले विभिन्न शिर्षकमा व्यवसायिक ११४ जना शेयर सदस्यलाई व्यवसाय सञ्चालनार्थ ४ करोड ३४ लाख ८९ हजार ३८५ कर्जा प्रवाह, निक्षेप खातामा ४ करोड ८ लाख ९८ हजार ६०८ जम्मा र २०७३÷०७४ खाता वन्दीसम्म संस्थाको विभिन्न कोषमा १ करोड ६५ लाख ५७ हजार १४५ मौज्दात रहेको बताउनुभयो । 

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका अध्यक्ष डिबि बस्नेतले बार्षिक साधारणसभाको उद्घाटन गर्नुभएकोे थियो । बस्नेतको प्रमुख आतिथ्यमा भएको छैठौ अबिधेशनले राजेन्द्र लयालुको अध्यक्षतामा ९ सदस्य सञ्चालक समिती पुर्नगठन गरेको छ । समितीको उपाध्यक्षमा श्यामकुमार सैंजु, सचिव सुमन श्रेष्ठ, कोषाध्यक्ष उत्सब सैंजु सर्वसम्मत चयन भएका छन् । 


यस्तै सदस्यहरुमा बावुराम सैजु, रामप्यारी राई, रञ्जना श्रेष्ठ, सुजन ताम्राकार र शोभा उदास रहेका छन् । ऋण उपसमिती सदस्यमा प्रेमकुमार जोशी, टेष्ट बहादुर बस्नेत तथा लेखा समिती संयोजक तेज नारायण सैंजु, सदस्य ताराकुमार श्रेष्ठ र यादबसेन राई रहनु भएको छ ।  

संस्थाका अध्यक्ष नारायण प्रसाद जोशीको स्वास्थ्यका कारण गतवर्ष साधारणसभा नगरेको सहकारीले गत भदौ १४ गतेबाट रिक्त पदपुर्तीका लागि पुस १८ गतेको निर्णय अनुसार छंैठौ अबिधेशन गरेको हो । 

संस्थाका अध्यक्ष जोशीको गत असार २१ गते निधन भएसँगै हालसम्म खोटाङ उधोग वाणिज्यसंघका अध्यक्ष राजेन्द्र लयालुले कार्यवहाक अध्यक्ष रहेर पद संम्हालेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’