२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दुबईमा पनि नेपाल एयरलाइन्सको कार्यालय, ४० केजि लगेज बोक्न पाइने

२०७४, १३ माघ शनिबार ११:१९

माघ १३, युएई । नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले दुबईमा नयाँ  कार्यालय उद्घाटन गरेको छ । देरा दुबईको सलाउदिन एरियामा रहेको नयाँ कार्यालय युएईका लागि कार्यबाहक राजदूत सागरप्रसाद फुयालको प्रमुख आतिथ्यमा उदघाटन भएको हो ।

नेपाल एयरलाइन्सको नयाँ कार्यालय समुदघाटन कार्यक्रममा नेपाल वायुसेवा निगम, वाणिज्य बिभागका निर्देशक जनकराज कलाखेति बिशेष अतिथिका रूपमा उपस्थित थिए । उनले एयरलाइन्सले नेपाली वायुसेवाको क्षेत्रमा सकारात्मक सुधार गर्दै प्रगतिको पथमा लम्किरहेको जानकारी दिए ।

उक्त कार्यक्रममा नेपाली दुताबास परिवार, सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारिज्युहरु, ब्यबसायीहरु, पत्रकारका साथै उल्लेख्य मात्रामा नेपालीहरुको उपस्थिती थियो ।


नेपाल एयरलाइन्सले दुबईमा सन् २०१६ अगस्ट १८ देखि सेवा पुनः सुचारू गरेको हो । आइतबार, सोमबार, बुधबार र शुक्रबार गरि सातामा ४ वटा उडान भरिरहेको नेपाल एयरलाइन्सले अनलाइन टिकट बुकिङको व्यवस्था गरेको नेपाल एयरलाइन्सका युएई प्रमुख  रमेश पौडेलले जानकारी दिएका छन् ।

उनले नेपाल एयरलाइन्सले सस्तो दर, ५ सय ९० मा एकतर्फी र ११४५ दिराममा दुईतर्फी टिकटका साथमा  गुणस्तरीय सेवा दिएको दाबी समेत गरे । उनका अनुसार हरेक टिकटमा ४० केजि लगेजका साथमा ७ केजि छुट्टै हातमा सामान लान सकिने र यात्रामा खानाका जुस, चिया, कफिको ब्यबस्था समेत भएको जानकारी दिएका छन् ।

नेपाल एयरलाइन्सको बोर्डिङ पास वाहकलाई चन्द्रागिरी हिल्स प्राली र काठमाडौं ग्रुप अफ होटेलले आफ्नो सेवामा ३० प्रतिशत छुट दिने पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध