४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कलङ्की खसिबजारस्थित ‘अण्डर पास’ अन्तिम चरणमा

१९ माघ २०७४, शुक्रबार ०८:०६

माघ १९, ललितपुर | नेपालमा पहिलोपटक बनेको कलङ्की खसिबजारस्थित ‘अण्डर पास’को निर्माण अन्तिम चरणमा पुगेको छ । 

आगामी छ महिनामा सक्ने गरेर कामअघि बढिरहेको काठमाडौँ चक्रपथ सुधार योजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्यालले बताउनुभयो । कलङ्की–कोटेश्वर सडक निर्माण दु्रतगतिमा अघि बढेको र ‘अण्डर पास’ निर्माण पनि त्यही गतिमा भइरहेको छ । 

‘जम्मा आठ सय मिटर सडकमा ‘अण्डर पास’ निर्माण भइरहेको हो । माथि मुख्य सडकमा चार लेन र र सो सडक मुनि रहेको अण्डर पास आठ लेन हुनेछ । उहाँले भन्नुभयो, “मुख्य लेन तल र सहायक लेन माथि हुनेछ ।” सहायक लेनमा जानका लागि दायाँबायाँ गरेर बनाइएका सर्भिस ट्राक पनि माथि नै हुने उहाँ बताउनुहुन्छ । 

अरु सामान्य सडक निर्माण भन्दा ‘अण्डर पास’ को निर्माण तुलनात्मक रुपमा महँगो भएको उहाँ बताउनुहुन्छ । कोटेश्वर–कलङ्की सडक निर्माणको जम्मा बजेट रू पाँच अर्ब हो । ‘अण्डर पास’ लाई कलङ्की–थानकोट सडकको जाम हटाउने उपायका रुपमा हेरिएको छ । 

उहाँ भन्नुहुन्छ, “उपत्यकाभित्रै र बाहिर आउने÷जाने यात्रुले अब घन्टौ  जाममा फस्नुपर्ने छैन ।” चिनियाँ निर्माण कम्पनी संघाइ निर्माण सेवा समूहले कोटेश्वर–कलङ्की सडक निर्माणको ठेक्का लिएको छ । 

भूकम्प र नाकाबन्दीका कारण एक वर्ष काम रोकिएपछि आगामी जुलाईसम्म काम सक्ने गरेर सरकारसँग सम्झौता भएको थियो । समयमा नै सक्नेगरी काम भइरहेको आयोजनाले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’