३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैंकिंग तथा वित्तीय क्षेत्रको विकासमा सरकारले सहयोग गर्नुपर्ने

२१ माघ २०७४, आईतवार ०२:५४

माघ २१, काठमाडौँ (रासस) | देशमा राजनीतिक स्थिरतासँगै आर्थिक समृद्धिको कुरा उठिरहेको बेला बैंकिंग तथा वित्तीय क्षेत्रको विकासका लागि सरकारले सहयोग गर्नुपर्नेमा व्यवसायीहरुले जोडदिएका छन् । 

उनीहरुको बैंकिंग एक्सपोबाट आर्थिक क्षेत्रमा काम गर्ने तथा अभिरुचि राख्ने जिज्ञासुलाई केही सन्देश दिइने भए पनि संगठित रुपमा देशको आर्थिक विकास गर्न सरकार तथा निजी क्षेत्र संयुक्त रुपमा मिलेर काम गर्नुपर्ने धारणा थियो । 

भृकुटीमण्डपमा सञ्चालन भइरहेको सेकेण्ड बैंकिंग एक्सपो–२०१८ मा सहभागी व्यवसायीहरुसँगको कुराकानीमा उनीहरुले सो धारणा राख्नुभएको हो । रासससँग कुरा गर्दै सानिमा बैंकका प्रबन्धक नरेन्द्र देवकोटाले देशव्यापी रुपमा बैंकहरुको वृद्धिका बाबजुद बैंकिंग कारोबारमा खासै कुनै समस्या नभएको बताउनुभयो । 

देशव्यापी रुपमा ५१ शाखा रहेको सानिमा बैंकले प्रदर्शन कक्षमार्फत ग्राहक तथा सर्वसाधारणमा बैंकमा बचत गर्ने तथा आर्थिक क्षेत्रमा कार्यरत संस्थालाई ऋण उपलब्ध गर्ने बारेमा सन्देश प्रवाह गर्ने उद्देश्य राखेको बताउनुभयो । उहाँले आर्थिक क्षेत्रमा स्वच्छ प्रतिस्पर्धा भएकाले बैंकमा वित्तीय जागरण आएको बताउनुभयो । 

प्रभु इन्सुरेन्स लिमिटेडका डेपुटी मार्केटिंग मेनेजर मीनु श्रेष्ठले आफ्नो संस्थाले निर्जीवन बीमाको महत्वबारे व्यवसायीलाई जानकारी दिन प्रदर्शन कक्ष राखेको जानकारी दिनुभयो । 

आयोजक मिडिया इन्टरनेशनलका कक्ष नियमन अधिकारी विजय पराजुलीले शुक्रबारदेखि सञ्चालन भइरहेको बंैकिंग एक्सपोमा विभिन्न ५१ वटा स्टल रहेको जानकारी दिनुभयो । उहाँले ७५ जिल्लामा बैंकिंग कारोबार पुर्याउने उद्देश्यले एक्सपो सञ्चालन भएको र एक्सपोमा बैंक, शेयरको कारोबार हुने स्टक तथा बीमा कम्पनीहरुको सहभागिता रहेको बताउनुभयो । 

पराजुलीले देशको विकासका लागि आर्थिक क्षेत्रमा कार्य गर्ने संस्थाहरुको विकास आवश्यक भएको उल्लेख गर्नुभयो । कृषि विकास बैंक, सिबिआइएल क्यापिटल लिमिटेड, इन्भेष्टमेन्ट एण्ड फाइनान्स क लि, वित्तीय सूचना दिने अनलाइनहरु कक्षमा दर्शकको आकर्षण रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’