४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिन्धुपाल्चोकमा ३५ प्रतिशत भुकम्प पीडितले अझै घर निर्माण गरेनन्

२२ माघ २०७४, सोमबार ०७:०१

माघ २२, चौतारा | भूकम्पबाट सबैभन्दा प्रभावित सिन्धुपाल्चोकका ३५ प्रतिशत पीडितले अझै घर निर्माण गर्न सकेका छैनन् । पहिलो किस्ता अनुदान घरायसी प्रयोजनमा खर्च गरेको र आर्थिक तथा दक्ष कामदार अभाव, आकासिँदो मूल्य वृद्धिका कारण घर निर्माण गर्न कठिनाइ भएको पीडितले बताएका छन् । 

जिल्लामा भूकम्प पीडित लाभग्राही ७८ हजार ५३७ परिवार रहेका छन् । पहिलो सूचीमा समावेश नभएका पाँच हजार १२६ परिवारले गुनासो दर्ता गराए सँगै ८३ हजार ६६३ परिवार लाभग्राही सूचीमा समावेश भएका छन् । हालसम्म जिल्लामा ६५ प्रतिशतले मात्र घर निर्माण शुरु गरेका छन् भने ३५ प्रतिशतले अझै शुरु नगरेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख टंक गौतमले बताउनुभयो । 

दोस्रो किस्ताका लागि ४० हजार ३५० परिवारका लागि सिफारिश गरिएको छ । तेस्रो किस्ताका लागि भने पाँच हजार ४८६ परिवारको मात्र सिफारिश गरिएको सो कार्यालयले जनाएको छ । पुस मसान्तपछि आउने लाभग्राहीका लागि सिफारिश नगरिएको बताउँदै म्याद थप्ने÷नथप्ने बारेका अहिलेसम्म जानकारी नआएकाले सिफारिश नगरिएको प्रमुख गौतमले बताउनुभयो । 

यसैबीच भूकम्पबाट जमिन चिराचिरा परी बस्नै नहुने ६३ परिवारलाई उपयुक्त स्थानमा घडेरी खरिद गरी स्थानान्तरण गरिएको छ । जोखिममा परेका बस्तीका पीडितलाइ सुरक्षित स्थानमा स्थानान्तरण गर्ने सिलसिलामा बाह्रबिसे नपा १८ र इन्द्रावती गापाका ४३ सहित ६१ परिवारलाई घडेरी खरिद गरी जग्गा धनीपुर्जा वितरण गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट त्यस्ता परिवारका लागि घडेरी खरिद गर्न रु दुई लाखका दरले अनुदान दिने क्रममा पीडितले उपयुक्त ठानेको स्थानमा घडेरी खरिद गरी जग्गा धनीपुर्जा वितरण गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण सिन्धुपाल्चोकका प्रमुख रुद्रबहादुर मल्लले बताउनुभयो । 

केन्द्रले जिल्लामा हालसम्म ५२१ परिवार जोखिमपूर्ण बस्तीमा रहेको तथ्यांक पठाएको उल्लेख गर्दै त्यसमा अझ बढ्न सक्ने सम्भावना रहेको प्रमुख मल्लले जानकारी दिनुभयो ।रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’