२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बिधुत उत्पादन घटेपछि १८ घण्टा लोडसेडिङ !

२०७४, २२ माघ सोमबार १०:५९

टेकबहादुर शाही/माघ २२, डोल्पा । डोल्पाको सदरमुकाम दुनैमा १८ घण्टा लोडसेडिङ हुने गरेको छ । 

ठुलीभेरि नगरपालिकाको जैरिगार खोलामा रहेको बिद्युतगृहबाट उत्पादन हुने २ सय किलोवाट बिद्यतको उत्पादन घटेपछि ४८ घण्टामा १८ घण्टा लोडसेडिङ हुने गरेको छ । 

दुईवटा मेसिनबाट जम्मा १ सय १० किलोवाट मात्र बिद्युत उत्पादन हुने भए पछि यस बिद्युतगृहबाट बिद्युत उपभोग गर्ने ग्राहकहरु झण्डै एक दिनको लोडसेडिङको मारमा पर्ने गरेको नेपाल बिद्युत प्राधिकरण डोल्पाम बितरण केन्द्रकाले जानकारि दिएको छ । 


दुई दशक भन्दा धेरै पुरानो प्रबिधिका मेसिनहरु भएको कारण बिद्युत उत्पादनमा गिराउवट आएको नेपाल बिद्युत प्राधिकरण डोल्पाम बितरण केन्द्रका निमित्त प्रमुख कालिबहादुर महतले जानकारि दिए । उनका अनुसार उपभोक्ताको माग बढ्दो छ यता पावर हाउसमा भने उत्पादन घट्दो रहेकोले ग्राकको माग अनुसार बिद्युत सेवा दिन नसके पछि लोडसेडिङ धरै भएको बताए । 

सदरमुकाम लगायत साविकका ३ वटा गाबिस जुफाल,सूँ र दुनैमा लाइन बितरण गरिएको छ । हाल यस बिद्युत केन्द्रबाट बिद्युत उपभोग गर्ने ग्राहकहरु १ हजार ३ सय भन्दा धेरै रहेका छन । त्यसै गरि सदरमुकाम दुनै ६ वटा,जुफाल २ र सूँ मा २ गरि १० वटा उद्योग सञ्चालनमा रहेका छन । 

दुइ दिनमा एक दिन मात्र बिद्युत आउने हुदा उद्योगमा समस्या भएको हिमाली र्हवल चिया उद्योगका मालिक भक्तबहादुर थापाले दुखेसो गरे । उनले भने हरेक दिन भनेको बेलामा उद्योग चलाउन पाइदैन लाइन आउने दिन मात्र काम हुदा नाफा भन्दा घाटामा उद्योग जान लागेको बताए । 

जिल्लाका सरकारी कार्यालयहरु सबै यतै भएकोले कर्मचारिले हिटर बाल्ने गरेकोले पनि बिद्युत खपत धेरै हुने र लोडसेडिङ हुने बिद्युत प्राधिकरणका कर्मचारिहरु बताउछन । उनिहरु भन्छन पैसा तिरेका छन हिटर नबाल पनि भन्न मिल्दैन तर यता बिद्युतको क्षमता भने बढ्दैन चिसो काम गर्न कठिन हुन्छ कर्मचारिको समस्या कस्ले बझिदिने गुनासो गर्छन ।


बिद्युत सेवा निरन्तर नभए पछि बैँक देखि सरकारी कार्यालयमा काम प्रभाबित हुने गरेको छ । बिहान १० बजे आउछ अनि दिउसो ३बजे जाने भएकोले कार्यलयमा हुने काम पनि ठप्प हुने कर्मचारिहरु बताउछन ।

ब्यावसाय गरेर बसेका ब्यापारिहरुलाइ सबै भन्दा धेरै मार परेको स्थानीय ब्यापारिहरु बताउछन । ठुलाबडाहरुलाइ लाइन सधै आउछ सर्वसाधारणको लागि मात्र १८ घण्टाको लोडसेडिङ खेप्नु पर्ने बाध्यता रहेको स्थानीयहरु बताउछन । हाल जिल्ला प्रशासन,प्रहरी,अदालत,जिल्ला अस्पताल र सामुदायिक रेडियोमा नियमित बिद्युत सेवा प्रदान गरिएको नेपाल बिद्युत प्राधिकरण डोल्पा शाखाले जानकारि दिएको छ । 

ठुलाबडाहरुको लागि बिद्युत रात दिन २४ घण्टा दिने तर सबै भन्दा धेरै महसुल तिर्ने नेपाल टेलीकम,काष्ठ उद्योग,बेकरी,सिलाजित र हिमाली र्हवल उद्योग,हिमाली सुस्सकेरा अपशेटप्रेस लगायतका आधा दर्जन उद्योमा भने १८ घण्ठा लोडसेडिङ गराउने भन्दै उद्योगिहरु दुखेसो गर्छन । 

बिभिन्न समयमा नागरिहरु,सरोकारवाला निकायहरु र राजनितिक दलहरुले लिखित रुपमा क्षेत्र र केन्द्रीय कार्यालयमा क्षमता बृद्धिका लागि अनुरोध गरे पनि कुनै सुनुवाइ नभएको नेकपा एमालेका बैकल्पक केन्द्रीय सदस्य हँशबहादुर शाहीले बताए । तर यता भने ६ महिना देखि बिद्युतको क्षमता बिस्तारको लागि पहल गर्दैछु भनेर कार्याल प्रमूख शिवप्रसाद पाण्डे कार्यालयमा हाजिर छैनन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु