माघ २४, काठमाडौं । सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँले घटेर ५७ हजार एक सय रुपैयाँमा कारोबार भैरहेको छ ।
मंगलबार तोलाको ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तोलामा ५ रुपैयाँ घटेर चाँदी ७ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।