२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोटाङमा देउसी खेलेको रकमले दलित बस्तीमा वाइफाई विस्तार

२०७४, २५ माघ बिहीबार ०३:३९

चिसाङ शेर्पा/माघ २५ खोटाङ । देउसी खेलेको पैसाले खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका दलितबस्तीमा वाइफाई बिस्तार गरिएको छ ।

दलितबस्तीलाई सञ्चारका माध्यमबाट संसारभर जोड्नका लागि गएको तिहारमा देउसी खेलेर जम्मा भएको २५ हजार रकमको खर्चमा दलितबस्तीमा वाइफाई सेवा बिस्तार गरिएको हो । स्थानीय अजम्बरी टोल विकास समितिको पहलमा दलित बस्तीमा १ हजार २४ केविपिएस क्षमताको वाइफाई बिस्तार गरिएको छ ।

इन्टरनेटका माध्यमबाट दलितबस्तीमा सञ्चारको पहुँच वृद्धिका लागि देउसी खेलेर जम्मा भएको रकम वाइफाई बिस्तारमा खर्च गरिएको स्थानीय नगर कार्यसमितिका सदस्य गंगाबहादुर बिश्वकर्माले बताउँनुभयो ।

इन्टरनेटको माध्यमबाट देशविदेशका समाचार, सूचना, जानकारी लेनदेनका लागि समेत वाइफाई सहयोगी बनेको स्थानीय बताउँछन् । वाइफाई जडानसँगै कतिपयले इन्टरनेटका माध्यमबाट बालबालिकालाई अध्ययन गराउने गरेका छन् । वाइफाईका कारण दलितबस्तीमा सामाजिक सञ्जालका प्रयोगकर्ता समेत बढेका छन् ।

वाइफाईका लागि दलितबस्तीमा वल्र्ड्लिंकको तीन वटा राउटर, रिसिभर, तारलगायत जडान गरिएको छ । वार्षिक १८ हजार शुल्क तिर्नेगरी दलितबस्तीका १२ घर परिवारले वाइफाई सेवा लिएको अजम्बरी टोल विकास समितिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो