२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तराईबाट हलेसी जोड्ने बतासेघाटमा पक्की पुल बन्ने

२०७४, २५ माघ बिहीबार ०६:०२

माघ २५, खोटाङ | पूर्वी तराईबाट खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसी जोड्ने बतासेघाटमा पक्की पुल निर्माण हुने भएको छ । 

उदयपुरको सुनकोशी गाउँपालिका–१, बाँसबोटे र खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिमको सिमानामा पर्ने सुनकोशीस्थित बतासेघाटमा पक्की पुल निर्माण हुने भएको हो । 

सडक र पुलका माध्यमबाट हलेसी र उदयपुरको गाईघाटलाई जोडेर आर्थिक समृद्धि प्राप्तिका लागि सुनकोशी गाउँपालिकाको पहलमा पुल निर्माण गर्न लागिएको जनाइएको छ । सुनकोशीको किनारसम्म खोटाङ र उदयपुरतर्फ कच्ची सडक बनिसकेकाले पुल निर्माणको पहल थालिएको गाउँपालिकाका प्रमुख मेजरकुमार राईले बताउनुभयो । 

उहाँका अनुसार सडक विभाग हुँदै राष्ट्रिय योजना आयोगबाट पुल निर्माणका लागि तोक आदेश भइसकेको छ । हाल झोलुङ्गे पुल सञ्चालनमा रहेको बतासेघाटमा पक्की पुल निर्माण भए त्रि–धार्मिकस्थल हलेसी र गाईघाट आवतजावत गर्ने सबैभन्दा छोटो सडकमार्ग खुल्ने बताइएको छ । 

पुल निर्माण भएपछि खोटाङबाट प्रदेशको राजधानी जान–आउनसमेत सहज र छिटो हुने जनाइएको छ । सुनकोशीको दुवैतर्फ सडक निर्माण भएको वर्षौँ बिते पनि बतासेघाटमा पक्की पुलको अभाव छ । 

सुनकोशीमा पुल बनेपछि हाल पूर्वी तराईबाट कटारी–घुर्मी हुँदै हलेसी आउने दर्शनार्थीका लागि गाईघाट–मुर्कुची–पुवाँरे–भालेबास–माझखर्क–सुनकोसी गाउँपालिकाको बतासेघाट–हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिमको होलेसुङ –जनकराज राई मार्ग हुँदै हलेसी पुग्ने छोटो बाटो खुल्ने जनाइएको छ । 

बतासेघाटमा पुल निर्माण भएपछि आवत जावतबाहेक खोटाङ र उदयपुरको आर्थिक, धार्मिक, राजनीतिक, सामाजिक तथा सांस्कृतिक विकासमा टेवा पुग्ने प्रमुख राईले बताउनुभयो । 

पुलका कारण ओखलढुंगा–सोलुखुम्बुको सगरमाथा ट्रेकिङ तथा पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । सुनकोशी गाउँपालिकाका कतिपय स्थानीयवासीले काठमाडौँ जानेक्रममा उपयोग गर्दै आएको बतासेघाटमा पुल निर्माणका लागि गाउँपालिकाले गत साउन १९ गते भौतिक योजना तथा यातायात व्यवस्था मन्त्रालयसमक्ष निवेदन दिएको थियो । 

बतासेघाटमा पक्की पुल बनेपछि दाजिर्लिङ, सिक्किम लगायतबाट हलेसी तथा सगरमाथा क्षेत्र पुग्ने सबैभन्दा छोटो बाटो खुल्ने जनाइएको छ । खोटाङतर्फ दुर्छिमका स्थानीयवासीले अढाई वर्ष लगाएर निर्माण गरेको दलस्वर चोकदेखि सुनकोशीको बतासेघाट जोड्ने १२ किलोमिटर होलेसुङ –जनकराज राई मार्ग २०७२ साल जेठ ९ गते उद्घाटन गरिएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित