३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तराईबाट हलेसी जोड्ने बतासेघाटमा पक्की पुल बन्ने

२५ माघ २०७४, बिहीबार ०६:०२

माघ २५, खोटाङ | पूर्वी तराईबाट खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसी जोड्ने बतासेघाटमा पक्की पुल निर्माण हुने भएको छ । 

उदयपुरको सुनकोशी गाउँपालिका–१, बाँसबोटे र खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिमको सिमानामा पर्ने सुनकोशीस्थित बतासेघाटमा पक्की पुल निर्माण हुने भएको हो । 

सडक र पुलका माध्यमबाट हलेसी र उदयपुरको गाईघाटलाई जोडेर आर्थिक समृद्धि प्राप्तिका लागि सुनकोशी गाउँपालिकाको पहलमा पुल निर्माण गर्न लागिएको जनाइएको छ । सुनकोशीको किनारसम्म खोटाङ र उदयपुरतर्फ कच्ची सडक बनिसकेकाले पुल निर्माणको पहल थालिएको गाउँपालिकाका प्रमुख मेजरकुमार राईले बताउनुभयो । 

उहाँका अनुसार सडक विभाग हुँदै राष्ट्रिय योजना आयोगबाट पुल निर्माणका लागि तोक आदेश भइसकेको छ । हाल झोलुङ्गे पुल सञ्चालनमा रहेको बतासेघाटमा पक्की पुल निर्माण भए त्रि–धार्मिकस्थल हलेसी र गाईघाट आवतजावत गर्ने सबैभन्दा छोटो सडकमार्ग खुल्ने बताइएको छ । 

पुल निर्माण भएपछि खोटाङबाट प्रदेशको राजधानी जान–आउनसमेत सहज र छिटो हुने जनाइएको छ । सुनकोशीको दुवैतर्फ सडक निर्माण भएको वर्षौँ बिते पनि बतासेघाटमा पक्की पुलको अभाव छ । 

सुनकोशीमा पुल बनेपछि हाल पूर्वी तराईबाट कटारी–घुर्मी हुँदै हलेसी आउने दर्शनार्थीका लागि गाईघाट–मुर्कुची–पुवाँरे–भालेबास–माझखर्क–सुनकोसी गाउँपालिकाको बतासेघाट–हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिमको होलेसुङ –जनकराज राई मार्ग हुँदै हलेसी पुग्ने छोटो बाटो खुल्ने जनाइएको छ । 

बतासेघाटमा पुल निर्माण भएपछि आवत जावतबाहेक खोटाङ र उदयपुरको आर्थिक, धार्मिक, राजनीतिक, सामाजिक तथा सांस्कृतिक विकासमा टेवा पुग्ने प्रमुख राईले बताउनुभयो । 

पुलका कारण ओखलढुंगा–सोलुखुम्बुको सगरमाथा ट्रेकिङ तथा पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । सुनकोशी गाउँपालिकाका कतिपय स्थानीयवासीले काठमाडौँ जानेक्रममा उपयोग गर्दै आएको बतासेघाटमा पुल निर्माणका लागि गाउँपालिकाले गत साउन १९ गते भौतिक योजना तथा यातायात व्यवस्था मन्त्रालयसमक्ष निवेदन दिएको थियो । 

बतासेघाटमा पक्की पुल बनेपछि दाजिर्लिङ, सिक्किम लगायतबाट हलेसी तथा सगरमाथा क्षेत्र पुग्ने सबैभन्दा छोटो बाटो खुल्ने जनाइएको छ । खोटाङतर्फ दुर्छिमका स्थानीयवासीले अढाई वर्ष लगाएर निर्माण गरेको दलस्वर चोकदेखि सुनकोशीको बतासेघाट जोड्ने १२ किलोमिटर होलेसुङ –जनकराज राई मार्ग २०७२ साल जेठ ९ गते उद्घाटन गरिएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’