माघ २६, काठमाडौं । सुनको भाउ शुक्रबार तोलामा २ सय रुपैयाँ बढेको छ ।
सुन शुक्रबार तोलाको ५६ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
बिहीबार तोलामा ५ सय रुपैयाँ घटेको सुनको भाउ शुक्रबार तोलामा २ सय रुपैयाँ बढेको हो ।
सुन बिहीबार तोलाको ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ भने शुक्रबार घटबढ भएको छैन । चाँदी तोलाको ७ सय ३५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।