४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डडेल्धुरा: गाउँपालिकामा बैंक स्थापना नहुँदा सेवाग्राही मर्कामा

२९ माघ २०७४, सोमबार ०३:५४

माघ २९, डडेल्धुरा । डडेल्धुराका गाउँपालिकाहरुमा बैंक स्थापना हुन नसक्दा सेवाग्राही मर्कामा परेका छन । 

पाँचवटा गाउँपालिका र दुई नगरपालिका रहेको डडेल्धुरा जिल्लामा नगरपालिकाबाहेक अन्य ठाउँमा बैंक स्थापना हुन सकेको छैन । बैंक नहुँदा सामान्य कामका लागि पनि सेवाग्राहीले जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको छ । 

उपभोक्ता समितिले गर्दै आएका सामान्य कामको भुक्तानी लिनका लागिसमेत जिल्ला सदरमुकाम जानु पर्दा चेकमा भएको रकमभन्दा बढी दैनिक खर्च हुने गरेको भागेश्वर गाउँपालिका रुपालका सर्वसाधारणको भनाइ छ । 

सामान्य चेकका लागि पनि सदरमुकाम जाँदा उपभोक्ताले पाउनुपर्ने रकमभन्दा पनि बढी खर्च आउने गरेको स्थानीयवासी लोकराज भट्टले बताउनुभयो । 

उपभोक्ताको कामदेखि कार्यालयको भुक्तानीका लागिसमेत जिल्लामा जानु पर्दा धेरै असहज भएको भगेश्वर गाउँपालिका अध्यक्ष कोशिला्कुमारी भट्टको भनाइ छ । 

बैंक नहँुदा गाउँपालिकाको एकजना कर्मचारीलाई थोरै रकमको चेक साट्न सदरमुकाम लगाउँदा काममा समेत बाधा भएको छ । भागेश्वर गाउँपालिका जस्तै अजयमेरु गाउँपालिका, नवदुर्गा, आलिताल र गन्यापधुरामा समेत बंैक स्थापना हुन सकेको छैन । 

आवश्यक पूर्वाधार नहँुदा बंैक राख्न कठिनाइ भए तापनि काम र भुक्तानी छिटोछरितो गराउनका लागि चाँडै पहल गरी स्थापना गर्ने गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवल मल्लले बताउनुभयो । 

नवदुर्गा गाउँपालिका पुग्न वडा नं ५ वाट त्यसै पनि ५ घण्टा लाग्ने भएकले एक दिन गाउँपालिकाबाट भुक्तनी लिन लाग्छ भने दुई दिन सदरमुकाममा चेक साट्न नवदुर्गाका निर्माण व्यवसायी टेकबहादुर साउदले जानकारी गराउनुभयो । 

जनतालाई सुविधा दिलाउनका लागि स्थानीय निकाय गठन भए तापनि धेरै जसो कामकाज गर्न भने असहज भएको निर्माण व्यवसायी बताउँछन् । 

स्थानिय निकायमा बैंकहरु समयमा स्थापना नहँुदा थोरै रकमका योजनाको भुक्तानी लिन कठिनाइ भएको सर्वसाधारण बताउँछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’