२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डडेल्धुरा: गाउँपालिकामा बैंक स्थापना नहुँदा सेवाग्राही मर्कामा

२०७४, २९ माघ सोमबार ०३:५४

माघ २९, डडेल्धुरा । डडेल्धुराका गाउँपालिकाहरुमा बैंक स्थापना हुन नसक्दा सेवाग्राही मर्कामा परेका छन । 

पाँचवटा गाउँपालिका र दुई नगरपालिका रहेको डडेल्धुरा जिल्लामा नगरपालिकाबाहेक अन्य ठाउँमा बैंक स्थापना हुन सकेको छैन । बैंक नहुँदा सामान्य कामका लागि पनि सेवाग्राहीले जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको छ । 

उपभोक्ता समितिले गर्दै आएका सामान्य कामको भुक्तानी लिनका लागिसमेत जिल्ला सदरमुकाम जानु पर्दा चेकमा भएको रकमभन्दा बढी दैनिक खर्च हुने गरेको भागेश्वर गाउँपालिका रुपालका सर्वसाधारणको भनाइ छ । 

सामान्य चेकका लागि पनि सदरमुकाम जाँदा उपभोक्ताले पाउनुपर्ने रकमभन्दा पनि बढी खर्च आउने गरेको स्थानीयवासी लोकराज भट्टले बताउनुभयो । 

उपभोक्ताको कामदेखि कार्यालयको भुक्तानीका लागिसमेत जिल्लामा जानु पर्दा धेरै असहज भएको भगेश्वर गाउँपालिका अध्यक्ष कोशिला्कुमारी भट्टको भनाइ छ । 

बैंक नहँुदा गाउँपालिकाको एकजना कर्मचारीलाई थोरै रकमको चेक साट्न सदरमुकाम लगाउँदा काममा समेत बाधा भएको छ । भागेश्वर गाउँपालिका जस्तै अजयमेरु गाउँपालिका, नवदुर्गा, आलिताल र गन्यापधुरामा समेत बंैक स्थापना हुन सकेको छैन । 

आवश्यक पूर्वाधार नहँुदा बंैक राख्न कठिनाइ भए तापनि काम र भुक्तानी छिटोछरितो गराउनका लागि चाँडै पहल गरी स्थापना गर्ने गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवल मल्लले बताउनुभयो । 

नवदुर्गा गाउँपालिका पुग्न वडा नं ५ वाट त्यसै पनि ५ घण्टा लाग्ने भएकले एक दिन गाउँपालिकाबाट भुक्तनी लिन लाग्छ भने दुई दिन सदरमुकाममा चेक साट्न नवदुर्गाका निर्माण व्यवसायी टेकबहादुर साउदले जानकारी गराउनुभयो । 

जनतालाई सुविधा दिलाउनका लागि स्थानीय निकाय गठन भए तापनि धेरै जसो कामकाज गर्न भने असहज भएको निर्माण व्यवसायी बताउँछन् । 

स्थानिय निकायमा बैंकहरु समयमा स्थापना नहँुदा थोरै रकमका योजनाको भुक्तानी लिन कठिनाइ भएको सर्वसाधारण बताउँछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो