२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भ्यालेन्टाइन डेको अफर: एउटा मोबाइल किन्दा अर्को सित्तैमा !

२०७४, १ फाल्गुन मंगलवार १२:२७

फागुन १, काठमाडौं । केएल मोबाइल हबले एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैमा दिने अफरसहित मोबाइल मेला सुरु गरेको छ ।

भ्यालेन्टाइन डेको अवसर पारेर एउटा मोबाइलको खरिदमा जोडीलाई नै मोबाइल दिने उद्धेश्यले अफर ल्याइएको हो । मेलाको सुरुवात गर्दै मोबाइल हबले दसँं तिहारमा सञ्चालन भएको उपहार कार्यक्रमका विजेताहरुको गोला प्रथा खोलेको छ ।

चाबहिल चुच्चेपाटीस्थित केएल टावरको भुँई तल्लामा रहेको मोबाइल हबले हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफरसहित अफर भित्र पनि अफर नामको मोबाइल मेला आयोजना गरेको हो । फेब्रुअरी १३ देखि १५ दिनसम्म चल्ने मोबाइल मेलामा मोबाइल खरिद गर्नेले एउटा मोबाइल किन्दा सित्तैंमा अर्को एउटा मोबाइल पाउने छन् । यसका साथै हात खाली नजाने उपहारहरु पनि ग्राहकलाई मोबाइल हबले वितरण गर्नेछ ।

मेलामा मोबाइल खरिद गर्दा मोबाइल हबले अनिवार्य रुपमा एफक्युब सिनेमाको टिकट, क्लब डेजाबुमा ४ हजार रुपैयाँ बराबरको २ जनालाई प्रवेश कुपन प्रदान गर्ने जनाएको छ ।

साथै मोबाइल हबले मेला अवधिभरी विभिन्न किसिमका खेल तथा अफरहरु पनि सञ्चालन गरिरहेको छ । जसमा गल्फ र डार्ट बोर्ड गेम जित्नेहरुले विभिन्न किसिमका उपहार तथा छुट पाउने छन् ।

गल्फको बल एक पटक स्कोर गर्नेलाई एउटा टेम्पर ग्लास र २ वटा सिनेमा टिकट, २ स्कोर गर्नेलाई मोबाइल खरिदमा ५० प्रतिशत छुट तथा ३ स्कोर गर्नेलाई एउटा मोबाइलको खरिदमा अर्को मोबाइल सित्तैंमा प्रदान गरिने मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए । साथै डार्ट बोर्ड खेलमा पनि गल्फमाजस्तै तीन किसिमका उपहारको व्यवस्था गरिएको छ ।

त्यसै गरि मेला अवधिभरी आयोजना हुने फोटो कन्टेस्टमा प्रथम र दोस्रो हुनेलाई क्रमशः ओप्पोको एफ फाइभ मोबाइल तथा भिभोको भि ७ मोबाइल प्रदान गरिने मोबाइल हबका निर्देशक संगम राइले बताए ।

मोबाइल हबले ५० हजार रुपैयाँभन्दा माथिको स्मार्टफोन खरीद गर्दा क्लब डेजाभुको १ वर्षका लागि प्रिभिलेज कार्ड पनिउपलब्ध गराउनेछ । मोबाइल मेला फेब्रुअरी २८ सम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन