४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यो साता शेयर बजारमा एक अर्बभन्दा बढीको कारोबार

५ फाल्गुन २०७४, शनिबार ११:०५

फागुन ५, काठमाडौं । धितोपत्र बजारमा यस साता रु एक अर्ब ५४ करोड १४ लाख २५ हजार बराबरको शेयर कारोबार भएको छ । 

नेपाल स्टक एक्चेन्जका अनुसार यस साता कूल १७९ कम्पनीको ३७ लाख ९२ हजार ४७० कित्ता शेयर कारोबार भएको हो ।

कारोबार रकम गत साताको भन्दा ०।६२ प्रतिशत कम हो । गत साता १७६ कम्पनीको रु एक अर्ब ५५ करोड ११ लाख दुई हजार बराबरको ४१ लाख ९६ हजार चार सय ९० कित्ता सेयर खरिद–बिक्री भएका थिए । 

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४०।२४ अंकले बढेर अन्तिम दिन एक हजार ४२४।९५ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ८।४९ अंकले बढेर ३०१।३० अंकमा आइपुगेको छ । 

यस साता कारोबार रकमका आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको रु ६ करोड ७१ लाख ५० हजार बराबरको शेयर कारोबार भएको हो । त्यसैगरी, कारोबार भएको शेयर संख्याका आधारमा पनि सोही बैंक अग्रस्थानमा रहेको छ ।

सो बैंकको दुई लाख ९३ हजार कित्ता शेयर कारोबार भएको हो । कारोबार संख्याका आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको ५९० वटा कित्ता शेयर कारोबार भएको स्टकले जनाएको छ । 

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।

यस साता सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको ६ लाख कित्ता साधारण शेयर, जेविल्स फाइनान्सको २८ लाख ८९ हजार ५६२ कित्ता हकप्रद, ओरियन्ट होटलको १४ लाख २५ हजार १०६ कित्ता बोनस शेयर र गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको १९ लाख ७३ हजार ९२८ कित्ता हकप्रद शेयर स्टकमा सूचीकृत भएको छ । –रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’