२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोटाङ: शिलान्यास गरेको १५ महिना बित्दा पनि पुल निर्माण कार्यले गति लिएन

२०७४, २५ फाल्गुन शुक्रबार ०६:११

फागुन २५, खोटाङ | जिल्लाको दक्षिणी क्षेत्र जोड्ने सडकमा पर्ने साप्सुखोलाको पक्की पुल शिलान्यास गरेको १५ महिना बित्दा पनि काम अघि बढेको छैन । 

तत्कालीन सांसद (हाल प्रतिनिधिसभा सदस्य) विशाल भट्टराईले २०७३ मंसिर २२ गते शिलान्यास गरेको पुल निर्माणको काम हाल अलपत्र परेकोे छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिका जोड्ने साप्सुखोलाको मोटरेबल पुल शिलान्यासका क्रममा पेटी ठेकेदार श्याम पोखरेलले सात महिनामै पुल निर्माणको काम पूरा गर्ने बताएका थिए । शिलान्यास कार्यक्रममा पूर्व सांसद कुलप्रसाद फुयाँलले पुलको काम बीचैमा अलपत्र नपार्न आग्रह पनि गरेका थिए । 

नभन्दै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङ र साकेला गाउँपालिका–५ मात्तिम जोड्ने पुलको हालत पूर्व सांसद फुयाँलले कटाक्ष गरेभन्दा फरक परेको छैन । दिक्तेल–खोटाङबजार हरित सडकखण्डमा पर्ने साप्सुखोलाको पक्की पुल शिलान्यासका क्रममा पेटी ठेकेदार पोखरेलले २०७४ असार मसान्तभित्र पुल निर्माणको काम पूरा गर्ने प्रतिबद्धता जनाए पनि सो अनुसार काम गरेनन् । 

सम्झौता भएको १८ महिनाभित्र पूरा गर्नेगरी गजुरमुखी हरिहरी निर्माण सेवा जेभीले २०७३ साल वैशाखमा पुल निर्माणको जिम्मा लिएको थियो । रु दुई करोड ३० लाख ३६ हजारको लागतमा पूरा गर्ने गरी जिम्मा लिएको पुलको म्याद गत कात्तिकमै सकिएको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ । 

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको लगानीमा ठेक्का लागेको पुलमा शिलान्यास भएदेखि कुनै काम भएको छैन । समयावधि सकिएको चार महिना बित्दा पनि लफ्याङतर्फ मात्र जग खनेर केही रड राख्ने बाहेक अन्य कुनै काम हुन नसकेको साकेला गाउँपालिकाका प्रमुख अर्जुन खड्काले बतउनुभयो । 

अहिले अलपत्र परेको पुल निर्माणका लागि पटकपटक आग्रह गर्दा पनि ठेकेदार कम्पनीले कुनै चासो नदिएको गाउँपालिकाले जनाएको छ । तत्कालीन जिल्ला विकास समिति र प्राविधिक कार्यालयले पटकपटक खबरदारी गर्दासमेत ठेकेदारले पुल निर्माणको काममा चासो नदिएको बताइएको छ । 

जिल्लाको आर्थिक समृद्धिसँग जोडिएको पुल सम्झौता मितिमा निर्माण नहुँदा दिक्तेल–खोटाङबजार सडक उपयोगमा कठिनाइ भएको छ । बेलायती सरकारको सहयोगमा ग्रामीण पहुँच कार्यक्रम (¥याप) ले ११ वर्ष लगाएर २०६९ साल असारमा पूरा गरेको ७४ किलोमिटर लामो हरित सडक साप्सु र तावा खोलामा पुल नहुँदा उपयोगविहीन बनेको हो । 

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, साकेला गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका हुँदै खोटेहाङ गाउँपालिका पुग्ने सडक जोड्ने सो पुल जिल्लाको गौरवको योजनामध्येमा पर्छ । साप्सु खोलाको पुल निर्माणमा भइरहेको ढिलाइका विषयमा जिल्लाका विभिन्न छलफल, बैठक तथा सभामा समेत आवाज उठ्ने गरेको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित