४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कालीगण्डकी करिडोर प्रभावितलाई आठ करोड मुआब्जा

२७ फाल्गुन २०७४, आईतवार ०३:१५

फागुन २७, बेनी (रासस) | राष्ट्रिय महत्वको कालीगण्डकी करिडोर प्रसारण लाइनका प्रभावितलाई रु आठ करोड मुआब्जा वितरण गरिने भएको छ । 

बहुचर्चित २२० केभीए दाना–खुर्कोट–बर्दघाट कालीगण्डकी करिडोर प्रसारण लाइनअन्तर्गत म्याग्दी र पर्वत क्षेत्रका एकसय प्रभावित घरधुरीलाई रु आठ करोड मुआब्जा वितरण गर्न लागिएको आयोजनाका लेखा प्रमुख गोविन्द सुवेदीले जानकारी दिनुभएको छ । मालपोत र नापी कार्यालयको सिफारिश, चलनचल्तीको दररेट र स्थानीयवासीको मागलाई ध्यानमा राखेर म्याग्दीमा रु चार करोड १७ लाख र पर्वतमा रु तीन करोड ९७ लाख मुआब्जा वितरण गरिने आयोजनाका लेखा प्रमुख सुवेदीले बताउनुभयो । 

सुवेदीका अनुसार म्याग्दीमा जग्गाको मूल्यांकन उच्च रहेका कारण अधिग्रहण गर्नुपर्ने जग्गा कम भए पनि बढी मुआब्जा रकम वितरण हुनेछ । “म्याग्दीमा ४० रोपनी र पर्वतमा ५५ रोपनी जग्गा अधिग्रहण हुने भए पनि म्याग्दीको दररेट बढी भएकाले यहाँ बढी वितरण हुन्छ”, उहाँले भन्नुभयोे । जिल्ला प्रशासन कार्यालयमार्फत मुआब्जा वितरण व्यवस्था मिलाइएको आयोजनाले जनाएको छ । म्याग्दी, पर्वत, मुस्ताङ क्षेत्रमा निर्माण चरणमा रहेका जलविद्युत् आयोजनालाई ध्यानमा राख्दै प्रसारण लाइन निर्माण गर्न लागिएको हो । 

प्रसारण लाइनका लागि म्याग्दीको दाना र पर्वतको खुर्कोटमा सबस्टेसन निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । खुर्कोटदेखि बर्दघाटसम्म सरकारले दोस्रो चरणमा निर्माण गर्न प्राथमिकतामा राखेको छ । ४२ किलोमिटरको दाना–खुर्कोट प्रसारण लाइनलाई म्याग्दीको अन्नपूर्ण, रघुगंगा र पर्वतको जलजजा गाउँपालिकाका विभिन्न वडामा ११४ ठूला टावर निर्माण हुनेछन् । ती टावर रहने जग्गाको मुआब्जा वितरण गर्न लागिएको हो । 

आयोजनाका लेखा प्रमुख सुवेदीका अनुसार म्याग्दीमा प्रतिरोपनी रु १३ लाख र पर्वतमा १० लाखका दरले मुआब्जा वितरण हुनेछ । एशियाली विकास बैंक (एडीबी)को आर्थिक सहयोगमा विद्युत् प्राधिकरणले निर्माण गरिरहेको प्रसारण लाइनका अतिरिक्त सबस्टेसन निर्माण कार्य ५० प्रतिशत पूरा भएको छ । रु दुई अर्ब ९० करोड लगानीमा निर्माण हुने सबस्टेसन र प्रसारण लाइनका लागि टाटा प्रोजेक्ट एण्ड चिन्ट इलेक्ट्रिक जेभीले ठेक्का लिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता