२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दिक्तेल हलेसी सडकको काममा सुस्तता

२०७४, २ चैत्र शुक्रबार १०:२१

चिसाङ शेर्पा/चैत्र २, खोटाङ | दिक्तेल हलेसी सडक आयोजनाको काममा सुस्तता देखिएको छ । निर्माण शुरु भएको पौने चार बर्षमा ३५.४३१ किलोमिटर सडकमा झिनो रुपमा उक्त काम भएको हो । एसियाली बिकास बैंक एडिबिसँग ५२ करोडमा सम्झौतागरी दुईबर्षमा सकिने डिबिएसडि पिचको काममा तीन ठेकेदार कम्पनीले पटक–पटक म्याद गुजार्दै कामगर्दा सुस्त देखिएको हो ।

तीन प्याकेजमा विभाजनगरी ठेकेदार कम्पनीले १४ जुन २०१४ देखी काम शुरुवात गरी १२ जुन २०१६ मा सक्नुपर्ने दिक्तेल–हलेसी सडकको काममा हालसम्म लुम्बिनी कन्काई सूर्यजेभीले पहिलो प्याकेज हलेसी–बिजुले १२ किलोमिटरमा ७७ प्रतिशत, लामा–नार्गाजुन जेभीले दोश्रो प्याकेज बिजुले–नुनथला १२ किलोमिटरमा साडे ५६ प्रतिशत र लामा–नार्गार्जुन त्रिशुली जेभीले तेश्रो प्याकेज हुर्लुङ–दिक्तेल ११.४३१ किलोमिटरमा ५९ प्रतिशत काम सकेको हो ।


लुम्बिनी कन्काई सूर्यजेभीले गरिरहेको हलेसी–बिजुले सडकखण्ड पहिलो प्याकेजमा दुईबर्ष म्याद सकिन महिनादिन (७ अप्रिल २०१८) बाँकी रहंदा अन्तिम चरणको बेस, सवबेस, नाली, एकथान होपपाईप राख्न र कालोपत्रे गर्न बाँकी छ । लामा–नार्गाजुनले गरीरहेको बिजुले–नुनथला र लामा–नार्गाजुन त्रिशुली जेभीले गरीरहेको हुर्लुङ–दिक्तेल सडकखण्डको लागि दोश्रो म्याद थपका लागि सिफारिस गरिसकेको परामर्शदाता कम्पनी एमएसभी ईन्टरनेसनल एण्ड सोइल टेस्ट जेभीका रेजिडेन्ट ईन्जिनियर सुर्यप्रसाद ढकालले बताए ।

बिजुले–नुनथला १२ किलोमिटर दोश्रो प्याकेजमा सववेस ४ किलोमिटर, मेसेनरी स्टोनवाल ९ किलोमिटर, वेस ३.६ किलोमिटर बिच्छाईएको छ । हुर्लुङ–दिक्तेल तेश्रो प्याकेज ११.४३१ किलोमिटरमा ४ किलोमिटर सववेस, ३.८ किलोमिटर वेस बिच्छाईएको र ८.७ किलोमिटर मेसेनरी स्टोनवाल लगाईएको रेजिडेन्ट ईन्जिनियर ढकालले जानकारी दिए । 

बिजुले–नुनथला दुई नम्बर प्याकेजमा नालीको लागि कंक्रिट शुरु भएको छ भने कटिङ, वेस, सववेस, कालोपत्रे बाँकी छ । हुर्लुङ–दिक्तेल तीन नम्बर प्याकेजमा वेस, सववेस, नालीको कंक्रिट र कालोपत्रे गर्न बाँकी रहेको दुई र तीन नम्बर प्याकेजका प्रतिनिधि राजाराम आचार्यले बताए ।

जिल्लाका राजनीतिक दल, प्रशासनले कामका सुस्तता देखिएको भन्दै रखवार गरेपनि ठेकेदार कम्पनीले मधेश आन्दोलन, नाकाबन्दी, भूकम्प, स्थानिय बन्द हड्ताल, बिजुलीको तारपोल, खानेपानी पाईप, घर जग्गा मुआब्जा, बर्षात, स्थानिय तथा प्रतिनिधि÷प्रदेशसभा चुनाव, सामुदायिक वन र आवाश्यक कच्चा पदार्थको अभाव भएको भनि ढिलापन देखाएको हो । 

कमसल फोस्के ढुंगा र ल्याब टेष्टमा फेल भएको गिटीलाई हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित बिजुलेमा कुटेको गिटीसँग मिसाएर गुणस्तर कायम गरेर पिचको काम गर्नमा ठेकेदार लागि परेको रेजिडेन्ट ईन्जिनियर ढकालको भनाई छ । उहाँले भन्नुभयो, “कालोपत्रे उप्केकोमा अहिले आतिनु पर्ने अवस्था छैन । हामी यसैको निगरानी गरीरहेका छौ ।”

‘ठेकेदारले काम सम्पन्नगरी जिम्मा लगाएको एकबर्ष सम्म टुटेफुटे उहाँहरुको जिम्मा हुन्छ । अहिले उहाँहरु बनाउदै हुन्छ टुटफुट त हुन्छ ।’ त्यो बन्छ नबने हामी भुक्तानी रोक्छौ । उहाँको भनाई थियो ।    

माथीको तश्विरमा: हुर्लुङ–दिक्तेल सडकखण्डमा सडक चौडा बनाउँदै कामदार, तस्विर: चिसाङ /साझा सबाल 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित