२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पुरा भएन ‘चिलगाडि’ चढ्ने सपना, विमानस्थल परीक्षण उडानमै सीमित

२०७४, २ चैत्र शुक्रबार १६:२१

चैत २, कालिकोट | एक बर्ष अघि माघ २९ गते कालिकोटको एक मात्र सुनथराली विमानस्थलमा पहिलो पटक जहाज अवतरण गर्दा खुसियाली जहाज चढ्ने धोको पुरा हुने सपना बोकेका कालीकोटबासीको सपना अझै पूरा हुन सकेको छैन । तीन दशक लामो समयदेखि निर्माणाधीन सुनथराली विमान स्थलमा परिक्षण उडान भए पछि यहाँका स्थानीयले जहाज चढ्ने धोको पुरा हुने सपना देखेका थिए ।

बर्षौंसम्म जहाज चढ्न त के, नजिकबाट देख्न समेत नपाएका उनीहरूले आँगनबाटै चीलगाडी चड्न पाइने सपना बुने पनि नियमित उडान नहुँदा अहिले निरास बनेका हुन् । झण्डै ३१ वर्ष निर्माण गरिएको उक्त विमानस्थलमा गत वर्षको माघ महिनामा परीक्षण उडान गरिएको थियो । तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीको पहलमा तारा एयरको जहाज सफल अवतरण भएको थियो ।

परीक्षण उडान सफल भएपछि कोटवाडामा नियमित उडानको घोषणा पनि भयो । तर परीक्षण उडानले हर्षित बनेका स्थानीयले त्यसपछि भने आँगनमा जहाज नै देख्न पाएका छैनन् । ‘पोहोर माघको महिना चीलगाडी गाउँमै आयो, हामी सबै हेर्न गएका थियौं’ कोटवाडाकी मृगा विष्टले भनिन्, ‘आँगनबाटै चढ्न पाउने भयौं भनेर खुशी भएका थियौं, हाम्रो रहर अधुरै रह्यो । त्यही एकदिन मात्र आयो, त्यसपछि त चीलगाडी फर्केरै आएनन् ।’ उनले अचेल जहाज आकाशमा मात्र उडेको देख्ने गरेको बताईन् ।

तस्बिरः २०७३ माघ २९ गते परीक्षण उडानमा आएको जहाज हेर्दै स्थानीय ।

सुनथराली विमानस्थलमा नियमित उडान नभएपछि बिरामीलाई डोकोमा बोकेर अस्पतालसम्म लैजानुपर्ने बाध्यता छ । एक वर्ष पुग्दा पनि जहाज नआएको भन्दै स्थानीय गणेशकुमार विष्टले आफूहरूमाथि अन्याय भएको बताए । यो विमानस्थल निर्माणका क्रममा १६ वर्षअघि ३६ जना कामदारको एउटै चिहान भयो । विमानस्थल निर्माणमा खटिएका कामदारमाथि माओवादीको आरोप सेनाले आक्रमण गरेको थियो । सोही क्रममा ३६ जना मजदुरले ज्यान गुमाए । उनीहरू सबैको चिहानमाथि यो विमानस्थल बनेको छ ।

कर्णालीका पाँच जिल्ला मध्ये कालिकोट बाहेक अन्य जिल्लाका विमानस्थल सञ्चालनमा छन् । तर कालिकोटमा भने एकमात्र सुनथराली विमानस्थल लामो प्रयासपछि निर्माण गरिएको छ । यद्यपि यसलाई सञ्चालनमा ल्याउन सकिएको छैन । करिब ३१ वर्ष लगाएर निर्माण भएको यो विमानस्थलमा हालसम्म २६ करोड रूपैयाँ खर्च भएको छ । देशमा चलेको शसस्त्र युद्धका कारण निर्माणको काममा ढिलाइ भएको थियो ।

लामो प्रयासपछि निर्माण गरिएको विमानस्थलमा हालसम्म २६ करोड रकम खर्च भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । समयमै काम सम्पन्न गर्न तत्कालीन पर्यटनमन्त्री शाहीले पटक–पटक अनुगमन र छड्के गरेका थिए । कोडवाडा क्षेत्रमा अहिले पनि सडकको पहुँच छैन । भौगोलिक रूपमा विकट रहेको यो जिल्लामा हवाइ सेवा एक मात्र भरपर्दो विकल्प हो । तर स्थानीय बासिन्दा पैदल हिँड्न बाध्य छन् । निर्माण सम्पन्न भएको र परीक्षण उडान पनि सफल भइसकेको अवस्थामा तत्काल नियमित उडान सुरु गर्नुपर्ने स्थानीय नागरिकहरुले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने