४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

महोत्सवको पुर्व तयारी गर्न प्रदेश सरकारको टोलि जुम्लामा

१७ चैत्र २०७४, शनिबार १३:३५

नन्दराम जैसी । चैत १७, जुम्ला | आगामि बैशाख १ गते मुगुको रारातालबाट उद्घाटन हुने कर्णाली रारा पर्यटन बर्ष २०७५ अन्र्तगत महोत्सवको पुर्व तयारी स्वरुप कर्णाली प्रदेश सरकारको टोलि कर्णालीमा पुगेको छ । पर्यटन बर्ष सफल पार्न प्रदेश सरकारको पहिलो खुट्कीलो पर्यटन महोत्सव यतिबेला सरकारको उच्च प्राथमिकतामा परेको छ ।

जिल्लाका विभिन्न निकायसँग छलफल तथा समन्वय गरी महोत्सवको अन्तीम तयारी पुरा गर्न उद्योग पर्यटन बन तथा बातावरण मन्त्री नन्दसिंह बुढा, आन्तरीक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी र प्रदेश सरकारकी प्रवक्ता तथा भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी लगाएतको टोलि जुम्ला पुगेको हो ।

महोत्सवमा भित्रिने आन्तरीक तथा बाह्य पर्यटकहरुका लागि कर्णाली राजमार्गको यात्रा सहज बनाउने ध्ययले राजमार्गको अध्ययन, अवलोकन गर्दै यहाँको भौगोलिक र बस्तुस्थिति जानकारी लिन सुर्खेत, दैलेख, कालिकोट हुदै उनिहरु शुक्रबार जुम्ला पुगेका हुन् । महोत्सवलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न शनिबार जुम्लामा पत्रकार सम्मेलन देखि ब्यापारी, उद्योगी, ब्यवसायी तथा सरोकारवाला निकायसँग छलफल भएको छ, भने आईतबार मुगुमा पनि छलफल हुनेछ । सबै निकायसँगको छलफल र समन्वयपछि तत्काल महोत्सवको आवाश्यक सबै पुर्वाधारहरु तयार पारीने प्रदेश सरकारको टोलिले जनाएको छ ।


महोत्सवमा भित्रिने हजारौ पर्यटकलाई रारा, कर्णालीको मनोरम दृष्य तथा अर्गानिक बस्तुमै रम्ने बाताबरण बनाउने तयारी भैरहेको छ । उपलब्ध सेवा सुविधा सहितको पर्यटकलाई उचित बास तथा अर्गानिक बस्तुका परिकार सहितको खानाको ब्यवस्था गरीने यँहाका होटल ब्यवसायीहरुले बताएका छन् । रारा जाने पर्यटकलाई जुम्लाको चन्दननाथ, भैरबनाथ मन्दिर दर्शन, तातोपानी धारा नुहाउने, देशकै पहिलो प्राविधिक शिक्षालय र विश्वकै अग्लो स्थानमा धान फल्ने छुमचौरज्युलो लगाएतको मनोरम दृष्य अवलोकन गर्ने ब्यवस्था गरीने भएको छ ।     

प्रधानमन्त्री केपि शर्मा ओलिले पर्यटन बर्ष तथा महोत्सव उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । महोत्सवसँगै प्रधानमन्त्री ओलीले बैशाख १ गते नै कालिकोट पचाल झरना, मुगुका राराताल र डोल्पाको सेफोक्सुण्डो बाटै पर्यटन सम्बन्धी सन्देश फैलाउने कार्य तालिका तयार गरिएको छ ।

सुर्खेतको देउती बज्यै, काक्रेबिहार, बुलबुले ताल, दैलेखको बिभिन्न पर्यटन गन्तव्य स्थल, कालिकोटको पचाल भर्ना, सांस्कृतिक, आर्थिक र सामाजिक पर्यटकिय स्थल, जुम्लाको खस भाषाको उत्पति क्षेत्र सिजा, तातोपानी धारा, चन्दननाथ मन्दिर, विश्वको अग्लो स्थानमा कालीमार्सी धान फल्ने छुमचौर ज्यूलो, गुठीचौर, पाटन क्षेत्रमा पर्ने ठाकुरज्यू दह, विष्टज्यू दह, रङफर्ने गिडिदह, डोल्पाको सेफोक्सुण्डो, मुगुको राराताल, हुम्लाको मानसरोबर जस्ता पर्यटकिय गन्तव्य स्थलहरूलाई समेट्ने गरी पर्यटन करिडोर तय गर्ने पर्यटन मन्त्रालयको नीति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता