२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कहिले बन्ला साँच्चिकै सडक

१७ चैत्र २०७४, शनिबार १५:३१

चिसाङ शेर्पा | चैत्र १७, खोटाङ | दिक्तेल अस्पतालचोक–खानीडाडाँ–आहाले रुटमा पर्ने रेडक्रस कार्यालय–जिल्ला अदालत हुदै भानुचोक निस्कने सडक अलपत्र बनेको छ । अस्पताल चोकदेखी नेपाल टेलिकम निस्कने सडक निर्माण भएको एघार बर्ष गुन्जदासमेत स्तरोन्नती तथा कालोपत्रेको काम नहुंदा अलपत्र बनेको हो । 

२०६२÷०६३ सालमा तत्कालिन जिल्ला बिकास समितिको २५ लाख लागतमा ट्रयाक खोलिएको सडकमा जिल्लामा कसैले गहिरीएर चासो नदिंदा ठूलाठूला खाल्डाखुल्डी बनेर मान्छे डुब्ने बनेको हो । अत्याधिक ओरालो सडकमा बर्षेनी पानी बग्दा सडक भिर बन्दै गएको छ । सडकको नमुना हराउन थालको छ ।

अस्पतालचोक–रेडक्रस–खाल्ले आहालेसम्मको १० किलोमिटर ट्रयाक खोलिएको सडकमा सडकले धान्ने भारभन्दा ज्यादा भारमा ट्याक्टर गुडाउँदा सडक खोलाजस्तो बनेको छ । टायरले खोल्ने, बर्षातमा उचित पानी तथा नालीको ब्यवस्था नहुंदा हाल मोटरसाईकल समेत गुडाउन नसकिने अवस्था बनेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ चिउरीडाडाँका पबन राईले बताए । जर्बजस्ती ट्याक्टर गुडाउँदा सडक भग्नावशेष बन्न लागेको छ । उहाँले भन्नुभयो, “तत्काल मर्मत नभए खहरे खोला बन्ने निश्चित छ ।” 


लफ्याङ, खाल्ले, हाँटडाडाँ, बाम्राङ, त्रिबेणीचोक,अम्बागाछी–त्रिबेणीचोक हुंदै एम्बुलेन्सको माध्यमद्धारा बिरामी जिल्ला अस्पताल लैजान, ल्याउन सहज तथा छोटोदुरीको सडक रेडक्रस ओरालोमा गाईबस्तु हिड्न नसक्ने भएको छ । ‘उल्लेखित स्थानका बिरामीलाई एम्बुलेन्स भएता पनि स्ट्रेचरमा बोकेर अस्पताल लानुपर्ने अवस्था रहेको छ ।

भुकम्प पुनः निर्माण प्राधिकरणबाट डेढवर्ष अघि डिपिआर तयार भई १६ करोड रकम विनियोजन भईसकेको र टेण्डर आव्हान हुन बाँकी रहेकोे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले जानकारी दिनुभयो । थोरै पैसाले नहुने तथा सडक अप्ठ्यारो भएकाले हामीले सामान्य मर्मत गर्यो उहाँले भन्नुभयो “ठूलो योजना परेका हुनाले योजना कार्यान्वयन लागि पर्खिरहेका छौ ।” 

सडक अत्यन्तै अप्ठ्यारो भएको जिल्ला समन्यव समिति संयोजक बबि चाम्लिङले बताउनुभयो । मैले स्वयंम हेरेको छु उहाँले भन्नुभयो, “औपचारिक रुपमा अनुगमन गरेको छैन ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो