२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यार्सा संकलन गर्न लेकतिर हिँडे यार्सा संकलक, हवाईजहाजमार्फत हुन्छ करोडको यार्सा ढुवानी

२०७४, १९ चैत्र सोमबार १६:२५

सम्राट सिंह | चैत ११, बझाङ | जिल्लाको आम्दानीको मुख्य स्रोत मानिने बहुमुल्य जडिबुटी यार्सागुम्बा सङकलन गर्न संङकलकहरु लेकतिर जान शुरु गरेका छन । सर्धै झै यसबर्ष पनि यार्साको सिजन नजिकै आउँन थालेपछि बझाङका यार्सा संङलकहरु पनि यार्सा संङकलन गर्न लेकतिर जान शुरु गरेका हुन ।  

जिल्लाको उच्च हिमाली भेगतिर पाइने यार्सागुम्बा संङकलन गर्न स्कूल पढ्ने स—साना बालबालिका देखि बृद्घहरु समेत लेकतिर जाने गर्दछन । प्रत्येक बर्ष यार्सा संङकलकहरु चैत्र महिनाको अन्तिमतिर यार्सा संङकलन गर्न गएर असार महिनामा घर फर्किने गरेको यार्सा संङकलक लाल बहादुर बोहराले बताए । उनले भने एक सिजनमा यार्सा संङकलन गरेर एक परिवारले झण्डै ७ देखि १० लाख सम्म आम्दानी गर्ने गरेका छन । 


यार्सा नै आम्दानीको मुख्य स्रोत भएकाले ग्रामिण भेगका विद्यालय पढ्ने विद्यार्थीहरु पनि यार्सा सङकलन गर्न लेकतिर जाने भएकाले धेरैजसो विद्यालयहरु ३ महिना सम्म बन्द हुने गरेका छन ।  

यार्सा संङकलन गर्ने स्थानमा रासन तथा अन्य दैनिक उपभोग्य सामाग्री ढुवानी गर्न भेडा तथा खच्चड बाहेक अन्य कुनै विकल्प नभएकाले यार्सा संङकलन गर्न भेडा र खच्चडमा रासन लिएर जान थालेको साइपाल गाउँपालिकाका दिपक बोहराले बताए । 

बझाङमा बर्षेनी यार्सा उत्पादनमा कमी

बहुमुल्य जडिबुटी यार्सा उत्पादनका लागी राम्रो  मानिएको बझाङ जिल्ला पछिल्ला वर्षमा यार्सा उत्पादनमा कमी भएको छ । यार्सा उत्पादन कम हुदै गएपछि संकलकहरुले पनि यार्सा कम पाउने हुदाँ जिल्लाको आर्थिक आम्दानीमा समेत ह्रास आएको छ । गएको ८ वर्ष बाट बझाङको् हिमाली क्षेत्रमा यार्सा संकलन गर्न थालिएको हो । हाल सम्मको संकलनको परिमाण हेर्दा २०७० सालमा सवै भन्दा बढी ३ क्विन्टल ७२ केजी संकलन भएको थियो । २०७० साल सम्म यार्सा संकलनको परिमाण बर्षेनी बढ्दै आएपनि पछिल्ला तिन वर्षयता भने लगातार यार्सा संकलन कम हुदै गएको छ ।

गतवर्ष ३ क्विन्टल ३८ किलो संकलन भएको यार्सा यसवर्ष २ क्युन्टल ३७ किलोमा झरेको छ । यार्सा वाट मात्र जिल्ला बन कार्यालयले ६० देखी ८० लाख सम्म राजश्व संकलन गदै आएको छ । पछिल्लो तिन वर्षयता लगातार यार्सा संकलन घट्दै गएको छ जिल्ला बन कार्यालयका कर्मचारीहरुको भनाइ छ । यार्सा उत्पादनको बृद्धि संगै मुल्यमा पनि प्रतिकेजी २२ लाख सम्म पुगेको यार्साको मुल्य गत विगत वर्ष झरेर १०।१२ लाख र यो वर्ष १६ लाखमा खरिद भई रहेको छ । काठमाण्डौका व्यापारी आएर खरिद गर्ने यार्सा उनिहरुले विदेशीहरु संग कतिमा विक्री गरेर कती फाईदा खान्छन्  यो कुरा भने यहाँका संकलकहरु अनविज्ञ छन् ।

सिजनमा यार्सावाट बझाङ जिल्लामा राजश्व बाहेक ५० करोडजती आम्दानी हुने गर्दछ । यो रकम सवै यहाँका संकलकहरु कमाउन्छन् । जिल्लाका उत्तरीभेगका वासिन्दाहरुको मुख्य आम्दानीको सा्रेत मानियको यार्सागुम्वा उत्पादनमा कमी आएपनि यसको संरक्षणको लागी राज्य र स्थानिय तहवाट कुनै पहल नभएको सुर्मा गाविसका दान बहादुर सुर्मेलीले वताए । उनले भने दामासाही रुपमा संकलन हुन्छ कसरी कहिले संकलन गर्ने संकलनका आफ्नै अनुभव हुदाँ पनि समस्या आएको छ । यार्सा उत्पादन हुने स्थानमा हजारौ मानीसहरुको आवतजावत , प्लाष्टिक , सिकाका बोत्तल जुत्ता चप्पल काम नलाग्ने कपडाहरु जथाभावी फाल्नेगर्दा साथै हिमपात पनि कमहुने भएकाले यार्सा उत्पादनमा ह्रास आएको साइपाल गाउँपालिकाका सुरेन्द्र बोहराले बताए । 

हवाईजहाजमार्फत हुन्छ करोडको यार्सा ढुवानी

जिल्लामा सङकलन भएको यार्सा प्रायजसो हवाइजहाज मार्फत ढुवानी हुने गरेकोे छ । व्यापारीहरुले प्रत्येक सिजनमा हवाइजहाज चार्टर गरी यार्सा नेपालगञ्ज लिने गरेका छन । 

जिल्ला तथा जिल्ला बाहिरका यार्सा व्यापारीहरु मिलेर बझाङ एयरपोर्टबाट नेपालगञ्ज हुँदै काठमाडौ लिने गरेको यार्सा व्यापारीहरुले बताएका छन ।

सडकमार्ग द्घारा यार्सागुम्बा ओसार्दा लुटपाट हुने खतराले हवाइमार्फत यार्सा ढुवानी गर्नु परेको उनीहरु बताउँछन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार