२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हिल्सा नाका सञ्चालन कर्णाली सरकारको रारामा बस्ने बैठकको प्राथमितामा

२०७४, २२ चैत्र बिहीबार १५:४९

चैत २२, सुर्खेत । भारतसंग नाका नजोडिएको कर्णाली प्रदेशले अब सुर्खेत–सिमिकोट–हिल्सा नाकालाई राष्ट्रिय गौरवको आयोजनामा समाहित गर्न लागेको छ । कर्णाली प्रदेशको मन्त्रीपरिषद्को बैठकले बैशाख १ गते प्रधानमन्त्री केपी ओलीसंग रारामा बस्ने मन्त्री परिषद्को बैठकमा यो निर्णय उठान गर्न लागेको हो ।

चीनसंग जोड्ने हिल्सा सडकलाई सुर्खेत–हिल्सा प्रधानमन्त्री पर्यटन लोकमार्ग नामाकरण गरेर प्राथमिकतामा राख्न लागेको कार्यवहाक मुख्यमन्त्री प्रकाश ज्वालाले जानकारी दिए । मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री समेत रहेका ज्वालाले यो सडकलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्री ओली सहभागी बैठकमा ध्यानाकर्षण गरिने बताए । ‘दक्षिणतर्फका नाकासंग नजोडिएको प्रदेश भएकाले पहिलो प्राथमिकतामा हिल्सा सडकलाई राख्छौं’ ज्वालाले भने,‘राष्ट्रिय गौरवको आयोजनामा स्थापित गरेर सडक निर्माणमा तीव्रता दिन्छौं ।’


कर्णाली–रारा पर्यटन वर्ष रारा तालमा उद्घाटन गरिएपनि समग्र प्रदेश भरीकै पर्यटन क्षेत्रको विकास लागि विशेष प्याकेज ल्याउन प्रदेश सरकार जुटेको ज्वालाले बताए । ‘रारा आफैमा चर्चित हो, राराबाटै पर्यटन वर्षको शुभारम्भ गर्दैछौं’ ज्वालाले थपे,–‘प्रदेशको पर्यटन क्षेत्र रारा मात्रै हैन, अन्य क्षेत्रहरु पनि छन्, तर रारामै कार्यक्रम गर्दा पर्यटन वर्षले सार्थकता पाउने भएकाले रारामा कार्यक्रम गर्न लागेको हौं ।’

विशेष प्याकेजमा प्रदेशका १० जिल्लाकै पर्यटन क्षेत्रहरु समेटिने ज्वालाले स्पष्ट पारे । उनले कर्णाली–रारा पर्यटन वर्ष–२०७५ लाई सार्थकता दिन प्रचारप्रसारलाई तिव्रता दिइने निर्णय मन्त्रीपरिषद्को बैठकले गरेको जानकारी दिए । कार्यक्रममा जनताहरुको व्यापक सहभागीता बढाउन जिल्ला समन्वय समिति मुगु र त्यहाँका स्थानीय निकायलाई जिम्मा दिएको ज्वालाको भनाई छ । बुधबार मन्त्रीपरिषद्को बैठकले पाँच वटा निर्णय गरेको छ । सुर्खेतदेखी मुगुको ताल्चा विमानस्थलसम्म पुग्न हवाई मार्गलाई प्रभावकारी बनाइने भएको छ । स्थलगत मार्गलाई पनि प्रभावकारी बनाउन डिभिजन सडक कार्यालय सुर्खेत र जुम्लालाई मर्मत गर्न निर्देशन दिएको मन्त्री ज्वालाले उल्लेख गरे ।

रारा तालमा प्रधानमन्त्री ओलीसहित कर्णाली प्रदेशको मन्त्रीपरिषद्को बैठक बस्ने र त्यसपछि प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यतालिका रहेको ज्वालाले बताए । उनले बैशाख १ गते विहान ११ बजे कर्णाली–रारा पर्यटन वर्ष–२०७५ को उद्घाटन गर्न सरिक हुने प्रधानमन्त्री ओली चैत्र ३० गते रारा पुग्ने कार्यतालिका रहेको जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते