2026-09-15 02:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अब प्रदेश ७ लाई आर्थिक गतिविधि गर्ने बाटो खुल्यो

चैत २५, धनगढी (रासस) | प्रदेश नं ७ को प्रदेशसभाको आजको बैठकले प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, २०७४ लाई पारित गरेको छ । 

विधायन तथा प्रदेश मामिला समितिले दिएका सुझावलाई समावेश गरेर उक्त विधेयक पारित गरिएको हो । 

प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले विधायन तथा प्रदेश मामिला समितिबाट सुझावसहित पेश हुन आएको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्नुभएको थियो । 

प्रस्तुत विधेयकमाथि भएको छलफलपछि बैठकमा निर्णयार्थ पेश हुँदा सर्वसम्मतिले पारित भएको हो । 

छलफलमा नेकपा (एमाले)का रतनबहादुर थापा र हर्कबहादुर कुँवर, नेकपा (माओवादी केन्द्र)का महेशदत्त जोशी, नेपाली काँग्रेसका गोविन्दराज बोहराले भाग लिनुभएको थियो । 

उक्त विधेयक पारित भएसँगै प्रदेश सरकारलाई अब आर्थिक गतिविधि गर्ने बाटो खुलेको छ । 

बैठकमा प्रदेश नं ७ को ‘लोगो’ निर्धारण समितिको तर्फबाट प्रस्तुत भएको लोगो निर्धारणसहितको प्रतिवेदन पनि सर्वसम्मतिले पारित भएको छ । लोगो निर्धारण समितिका संयोजक प्रदेशसभा सदस्य बलदेव रेग्मीले प्रस्तुत गर्नुभएको उक्त प्रतिवेदनमाथिको छलफलमा कसैले पनि भाग नलिएपछि निर्णयार्थ प्रस्तुत हुँदै प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको हो । 

आजकै बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बोहराले सरकारले जारी गर्न लागेको श्वेतपत्रबारे सदनलाई जानकारी गराउनुभएको थियो । 

श्वेतपत्रमाथि नेपाली काँग्रेसका भरतबहादुर खड्का, एमालेका लीलाधर भट्ट र पूर्णा जोशीले प्रश्न उठाउँदै प्रष्टता खोज्नु भएपछि मन्त्री बोहराले उठेका प्रश्नको जवाफ दिनुभएको थियो । 

सरकारको आर्थिक नीति बनाउने माध्यमका रुपमा श्वेतपत्रलाई लिने गरिन्छ । 

यसअघि बैठक शुरु हुनासाथ एमालेकी सदस्य मीना साउदले अछाम जिल्लामा चट्याङ लागेर मृत्यु भएका आयुस कामीको परिवारलाई क्षतिपूर्ति दिन, घाइतेको उपचार व्यवस्था मिलाउन र असिनापानीका कारण बालीनालीमा पुगेको क्षति व्यहोरेका परिवारलाई राहत दिन माग गर्नुभएको थियो । 

प्रदेशसभाको बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ