४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

७५ साल लाई विकास र समृद्धिको वर्ष गरी मनाईने प्रधान मन्त्री ओलीको भनाई

१ बैशाख २०७५, शनिबार १३:२७

नन्द  बहादुर रोकाया | वैशाख १, गमगढी | प्रधानमन्त्री केपी शर्मा वलीले ०७५ साललाई विकास र समृद्धिका वर्ष बनाउने गरि अभियान सञ्चालन गरिने बताएका छन् । कर्णाली रारा पर्यटन वर्ष ०७५ को सुभारम्व कार्यक्रमलाई शनिवार सोम्वोदन गर्दै प्रधान मन्त्री वलीले वर्तमान सरकार देश र जनताको लागि बनेकाले सकरात्मक रुपले अग्रगामी परिवर्तन गरि ०७५ साललाई सरकारले विकास र समृद्धिको प्रारम्भिक वर्षका रुपमा मनाउने बताएका हुन् । 

प्राकृतिक सम्पदा, जल स्रोत, कला संस्कृतिले कर्णाली प्रदेश भरिपुर्ण भएकाले यस प्रदेशलाई सरकारले नमुना प्रदेशका रुपमा विकास गर्ने सरकारको लक्ष्य रहेको पनि प्रधान मन्त्री वलीले वताउनुभयो । रारालाई स्वच्छता, सुन्दरता र प्राकृतिक स्वरुप कायमै राख्ने, नाग्म देखि रारासम्मको बाटो स्तरोन्नती गर्ने, रारा वरीपोरीको पैदल बाटो सुधार गर्ने, मुगुमा रहेको छायानाथ धामलाई धार्मिक पर्यटकिय क्षेत्रका रुपमा विकसित गर्ने पशुपालन, जडिबुटीको व्यवसायिक खेति, गाउँ ठाउँ अनुसार हावापानी हेरेर स्थानीय उत्पादनलाई जोड दिने र कर्णालीलाई देशकै पहिलो अर्गानिक प्रदेश बनाउने सरकारको लक्ष्य रहेको प्रधान मन्त्री वलीले जानकारी दिनुभयो । 


सरकारले हुम्लाको हिल्सा, मुगुको नाक्चे लाग्ना र डोल्पासंग जोडिएको तिब्बत नाका खुलाउने कार्य पहिलो प्राथामिकता दिने पनि प्रधानमन्त्री वलीको भनाई थियो ।यसै बिच  आजनै नयाँ शैक्षिक सत्र ०७५ का लागि विभिन्न विद्यालयका लागि विद्यालय जाने उमेर समुहका बालबालिकालाई भर्ना गरेर प्रधान मन्त्री वलीले विद्यालय भर्ना अभियान शुभारम्भ गरेका छन । मावि माँग्री, निमावि भारेकोट , मावि मुर्मा र निमावि कोटिलाका लागि प्रधानमन्त्री वलीले बालबालिकाको भर्ना गरि भर्ना अभियानको शुभारम्भ गरेका हुन । सो अवसरमा प्रधान मन्त्री ओलीले नेपालका हिन्दु शास्त्र सबै भन्दा पुराना लिखित दस्तावेज भएको प्रसंग जोड्दै विद्धान पुर्खाका निरक्षर सन्तान हुनै नसक्ने बताउनुभयो । वैशाख १ गते देखि भर्ना अभियान सुरु भएको तथा वैशाख पाँच गतेका दिन देशभर भर्ना दिवश मनाउने ओलीको भनाई थियो ।


गुणस्तरिय र प्राविधिक शिक्षाले मात्र देशको समृद्धि र विकास हुने भएकाले सबैले गुणस्तरिय शिक्षाका लागि जोड दिनु पर्ने उनले बताए । शिक्षा स्वास्थ्य तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थी भर्ना अभियान  नियमित कार्यक्रम भए पनि यसलाई राष्ट्रिय अभियान बनाईनु पर्ने उहाँले  बताउनुभयो ।  अवको दुई वर्ष भित्र सरकारले निरक्षरता उनगरि आफ्नो निती तथा कार्यक्रम बनाई रहेको पनि मन्त्री पोखरेलले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता