४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाँचथरको हिलिहाङ गाँउपालिकामा प्रथम हिलिहाङ महोत्सव हुने

४ बैशाख २०७५, मंगलवार १४:०५

जितेन्द्र भण्डारी | बैशाख ४, पाँचथर | पाँचथरको हिलिहाङ गाउपालिकामा बैशाख २४ देखि ५ दिन सम्म प्रथम हिलिहाङ महोत्सव सञ्चालन हुने भएको छ । 

हिलिहाङ गाउपालिकामा रहेका ऐतीहासिक–पुरातात्विक हिलिहाङ दरबारसँगै गाँउपालिकामा रहेका अन्य धार्मिक ऐतीहासिक स्थलहरुलाई पर्यटन क्षेत्रमा विकास गर्न हिलिहाङ गाउपालिका–४ मा अवस्थित हिलिहाङ दरबार परिसरमा महोत्सव आयोजना हुनेछ । महोत्सवको आयोजना हिलिहाङ गाउपालिकाले गर्न लागेको हो ।

गाउपालिकाले मँगलबार सदरमुकाम फिदिममा पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सव सञ्चालन हुने जानकारि गराएको हो । पाँच दिन सम्म चल्ने महोत्सवमा हिलिहाङ दरबार क्षेत्रलाई ऐतीहासिक–पुरातात्विक अध्ययन केन्द्रको रुपमा विकास गर्ने महोत्सवको मुख्य उदेश्य रहेको गाउँपालिका अध्यक्ष भुवानी प्रसाद लिङदेनले जानकारी दिनुभयो ।

 महोत्सवमा ५० लाख अनुमानित खर्च हुनेछ । जस्का लागि गाउपालिकाबाट १० लाख रुपैँया विनियोजन गरिएको र ४० लाख रुपैँया अन्य स्रोतबाट संकलन गरिने आयोजकले जनाएको छ ।

महोत्सवमा गाउपालिकामा अवस्थित पर्यटककिय स्थलहरुमा पदयात्रा, प्रथम हिलिहाङ भलिबल गोल्डकप, हिलिहाङ दरबारको ऐतीहासिकता र वर्तमान अवस्थाबारे छलफल, हिलिहाङ दरबार क्षेत्रका तत्कालिन राजा हिलिहाङको शालिक अनावरण, जोरपोखरि–आगेजुङ–हिलिहाङ पदयात्रा साथै राष्ट्रिय कलाकारहरुको मनोरञ्जनात्मक साँगितीक प्रस्तुती समेत हुने भएको छ ।

महोत्सवलाई १० हजार जना आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता