२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लामिडाडाँमा बैंक अपायक भएको भन्दै गाउँपालिकाले बैंकमा गर्दैनन् कारोवार

२०७५, १६ बैशाख आईतवार १२:१६

चिसाङ शेर्पा | बैशाख १६, खोटाङ | स्थानिय निकायलाई लक्षितगरी सञ्चालन गरेको बैंकमा गाउँपालिकाले बैंक अपायक स्थान र राजनीतिक प्रतिशोधका कारण कारोवार नगर्दा सेन्चुरी कर्मसियल बैंक शाखा लामिडाडाँलाई सञ्चालनमा समस्या भएको छ ।

‘स्थानिय निकायमा बैंक आवाश्यक छ ।’ भनेर स्वंयम् रावाबेंशी गाउँपालिका प्रमुख लिलानाथ निरौलाले सिफारिश गरेको सेन्चुरी कर्मसियल बैकमा गाउँपालिकाको सम्पुर्ण कारोवार राष्ट्रिय वाणिज्य बैंक दिक्तेलमै गरेकाले सेन्चुरी कर्मसियल बैकलाई सञ्चालनमा समस्या भएको हो । 

ताकि गत चैत्र २२ गते नेपाल राष्ट्रिय वाणिज्य बैंकले ‘ग’ बर्गको सरकारी कारोवार सञ्चालन गर्न सेन्चुरी बैंकलाई स्वीकृत दिईसकेको थियो । रावाबेंशी गाउँपालिकाको लामिडाडाँमा ‘ग’ बर्गको सरकारी कारोवार सञ्चालन गर्न सेन्चुरी बैंकलाई स्वीकृत दिएको बोधार्थ अर्थ मन्त्रालय राजस्व व्यवस्थापन महाशाखा सिंहदरवार, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय कोष प्रशासन शाखा, कोष तथा लेखा नियन्त्रण कार्यालय दिक्तेल र रावावेशी गाउँपालिकामा बंैकले गत माघ २८ गते उद्घाटन पश्चात बुझाईसकेको छ ।

गाउँपालिकाको कारोवार गर्न बैंकसम्म पुग्नेहरुलाई गाउँपालिको केन्द्र अन्यन्त्र सारेको र अपायक हुने भन्दै वाणिज्य बैंक दिक्तेलमा खाता सञ्चालन गर्न गाउँपालिकाले ह्वीप जारी गर्ने गरेको खुलासा भएको छ । यद्यपि दिक्तेलभन्दा लामिडाडाँ भूगोलको हिसाबमा नजिक रहेको छ ।

हामीकहाँ लामिडाडाँ खानेपानि उपभोक्ता समिति र लामिडाडाँ सडक मर्मत उपभोक्ता समिति आफ्नै ठाउँमा रहेको बंैकमा खाता सञ्चालन गर्न आए । सेन्चुरी कर्मसियल बैंक लामिडाडाँ शाखा प्रबन्धक रोशनबाबु सुवेदीले भने “तर, गाउँपालिकाले खाता सञ्चालन गर्न रोकावट गरे यहाँ हुने खर्चको दोब्बर खर्चमा उहाँहरु दिक्तेल जान बाध्य हुनुपर्यो ।”

गाउँपालिकाबाट वितरण गरेका आयोजनाका पहिलो किस्ता राष्ट्रिय वाणिज्य बैंकबाट निकासा भईसकेकाले दोश्रो किस्ता निकाल्न अप्ठ्यारो हुने भएकाले सेन्चुरी बैंक नजानु वाणिज्यमा जानु नभनेको गाउँपालिका प्रमुख लिलानाथ निरौलाले बताए । सेन्चुरी बैंक कहाँ नजाने वातावरण नभएकाले उपभोक्ताहरु आफै राष्ट्रिय वाणिज्य बैकमा खाता खोल्न गएको हो । उहाँले भन्नुभयो,“मैले त जुन बैंकमा जान्छु भन्छन्, त्यहि बैकको लागि चिठी लेखिदिन्छु ।” अहिले उक्त बैंकमा ब्यक्तिगत कारोवार मात्रै भईरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित