४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अंग्रेजीमा एमएड गरेका शेर्पा पानिको मालिक

१९ बैशाख २०७५, बुधबार ०१:३३

चिसाङ शेर्पा | वैशाख १९, खोटाङ | म खाशमा शिक्षक हुनपर्ने मान्छे हो । मैले पटकपटक भन्दै आएको छु, म अंग्रेजीमा एमएड गरेको मान्छे हुँ मेरो फ्याकल्टी अनुसार म अंग्रेजीको शिक्षक हुनुपर्ने मान्छे हो र, शिक्षक पनि हो । 

खोटाङ अक्वा मिनिरल वाटर उधोगद्धारा प्रशोधित मिरमिरे जलका प्रोपाईटर फुर्वा शेर्पाले आफ्नो यथार्थ सुनाउन थाले । ‘मैले आठ दशवर्ष अंग्रेजी पढाएको छु ।’

दिक्तेल वोर्डिङ स्कुलमा पाँचवर्ष, काठमाण्डौ किर्तिपुरको ल्याब्रोटरीमा डेढवर्ष र अंग्रेजीमा मास्टर्ड सकेर हिलसाईड स्याम्पल एकेडेमी खोलेर अढाई वर्ष प्रिन्सिपल चलाए । उहाँले भन्नुभयो, ‘मैले चाँहि खाशमा त्यही पेशा गर्नुपर्ने तर, शिक्षण मात्रै गरेर हुदैन । प्राईभेट विद्धालयमा दुईतीन सय विधार्थीलाई पाठ सिकाउथे होला ? मैले केही नयाँपन ल्याएर खोटाङमा केही गरेभने चाँहि दुई तीन सयको ठाउँमा दुईतीन हजारलाई पाठ दिन सकिन्छ कि भनेर प्रशोधित पिउने पानि व्यावसाय गर्न थाले मिरमिरे जलका प्रोपाईटर शेर्पाले बताए । अहिले सफल पनि भए ।

पानि सम्बन्धि मलाई केही ज्ञान थिएन । हरेक वस्तुको सिर्जना अभावबाट नै हुदो रहेछ । ‘खोटाङमा मिर्चैया, लाहान, काठमाण्डौको पानि ल्याएर बेच्नुपर्ने ? लिटरको ३५÷४० रुपैयाँमा दुध पाईन्छ । ताकि, त्यहाँको पानि यहाँ ल्याएर ३५÷४० रुपैयाँमा बेच्नुपर्ने हिजोका दिनमा पानि दुधभन्दा महंगो किन्नुपर्ने, आफैले तराईको पानि प्रतिलिटर ४० रुपैयाँमा किन्नुपर्ने स्थितीले सम्भावना खोज्दै गए । मसँग पानिको श्रोत पनि थियो, जोशजाँगर थियो, युवा थिए, गरेभने सक्छु भनेर लागे त्यहि ईच्छा शक्तिले सफलताको नजिक आए शेर्पाले भने, पानि दुधभन्दा महंगो भयो कम्तीमा अहिले त हामीले चियाभन्दा सस्तोमा पानि दिईरहेका छौ । दुधभन्दा महंगो पानि खरीद गर्नेलाई हामीले बजारमा प्रतिलिटर १५÷१६ रुपैयाँमा दिइरहेका छौ । यो समग्र खोटाङको ठूलो उपलब्धि हो ।

२०७३ सालदेखी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल वातलमा खोटाङको ईतिहासमा पहिलोपटक पानी प्रशोधन उधोग शुरु गरेको उहाँको मिरमिरे जल दिक्तेल, नुनथला, जालपा, हलेसी, जयरामघाट, ओखलढुंगाको हर्कपुर, उदयपुरको घुर्मि, काठमाण्डौ र सवारी साधन पुग्ने विभिन्न स्थानहरुमा पुग्ने गरेको छ । अन्य मिनिरल वाटरको तुलनामा मिरमिरे जल अत्यादिक स्वादिलो पानि रहेको ग्राहकको भनाई छ । 

दिक्तेल, हलेसी, जयरामघाट प्रशोधित पानीको पहिलो व्यापरिक केन्द्र हो । प्रशोधित पानि अधिकांसले टाढाको शहरमा कोसेली स्वरुप पानि लाने गरेका छन् । १ लिटरका १२ वोतल हुने पानि प्रति कार्टुन २ सय रुपैयाँका दरले विक्री हुने गरेको छ । फागुन, चैत्र, बैशाख, जेठ, असार, साउन पिउने पानीको सिजन भएकाले वजारमा अत्याधिक मात्रामा  माग हुने गरेकोे छ । जिल्लामा विभिन्न औपचारिक कार्यक्रम हुंदा ह्वात्तै माग बढ्ने सञ्चालक तथा प्रोपाईटर शेर्पाले जानकारी दिए । 

बजार माग अनुसार उधोगमा बिहान १० बजेदेखी ४ बजेसम्म दैनिक १५० कार्टुन पानी बनाउँने गरेको प्रोपाईटर शेर्पाले बताउनुभयो । २०६० सालमा विवाह गर्नुभएका उहाँले यही पेशावाट स्थानिय स्तरका ७ जना कामदारलाई रोजगारी र ३ जना छोराछोरीलाई वोर्डिङ स्कुलमा पढाईरहेका छन् । शिक्षक हुनपर्ने मान्छेको अहिले दैनिकी उधोगमा हुन्छ ।

हप्तामा एकपटक उनको काम दिक्तेल, हलेसी, जयरामघाट, हर्कपुर, घुर्मि अर्डर अनुसारको पानी पु¥याउने काम हुन्छ । चक डस्टर, मार्कर पेन समाउने उनी अहिले एक हातले पानि दिने अर्को हातले पैसा लिने काममा ब्यस्त छन् । पानीवाट लाग्ने रोगहरुलाई निर्मुलन गर्ने मिनिरल वाटर वजारमा १ लिटरको वोतलमा विक्री भईरहेको छ । उधोगमा पर्यटकीय डाडाँ रुपाकोटको काखबाट पानि ल्याईएको छ ।

यसरी बन्छ मिरमिरे जल

दिक्तेल, हलेसी, जयरामघाट, हर्कपुर, घुर्मि मुख्य व्यापरिक केन्द्र रहेको पानी उधोगमा रहेको मेसिनमा विभिन्न चरण पुरा गरेर शुद्ध पानी बन्ने गर्दछ । प्राकृतिक मुहानवाट पानि ट्याङकीमा जम्मा हुने र रवर पम्पमा जाने गर्दछ । पहिलो चरणको फिल्टर गर्ने काम स्याण्ड भेजल मेसिनले गरेपछि कार्वन भेजलमा गएर पुनः फिल्टरगरी सफ्टनर भेजल मेसिनमा पठाउँने काम गर्छ ।

सफ्टनर भेजलमा आईसकेपछि नै पानी पिउनयोग्य हुन्छ । व्लु हाउजिङमा फिल्टर भएर आरओ सिष्टममा हुंदै आएको पानी २ वटा मेम्व्रेनमा जाने गर्दछ । मेम्व्रेन मेसिनले पुर्णतया शुद्ध बनाई सफा र फोहोर पानी छुट्याउने गर्दछ । छुटिएको सफा पानी युभि मेसिन (अल्ट्रा भाईलेण्ट) मा जाने र त्यसपछि ओजन आईजेसन दिने काम गरिन्छ । यसैगरी एसएस ट्याङकीमा जम्मा भएको शुद्ध पानी वोतलमा भर्ने काम हुन्छ । १ लिटर भरिएको पानीको वोतलमा लेभललिङ र कार्टुनमा प्याकगरी र्यापिङ गरेपछि पानी तयार हुन्छ ।

कसरी वन्छ वोतल

खोटाङकै ईतिहासमा खोटाङ अक्वा मिनिरल वाटर उधोगद्धारा उत्पादित ‘मिरमिरे जल’ सप्लाईका लागि आवाश्यक वोतलसमेत उधोगमा बन्ने गर्दछ । लेभल वाहेक काठमाडौ पाटनवाट प्रिफर्म (वोतलका नमुना) आयातगरी उधोगमा आवाश्यक अनुसारको वोतल बनाईने गरिन्छ ।

उधोगको वाहिरपट्टि राखिएको कम्प्रेसरले व्लो मेसिनलाई हावा दिईरहेको हुन्छ, यता हिटर मेसिनमा प्रिफर्म तातिएको हुन्छ । तातिएको प्रिफर्म व्लो मेसिनमा राखेर वोतल फुलाउने काम गरिन्छ ।

उधोगलाई यस्तो छ समस्या

२०७१ सालमा कम्पनी दर्तागरी खोटाङ अक्वा मिनिरल वाटर उधोग सञ्चालन भईरहेका भए पनि समस्याका वावजुद काम गर्नु परेको उधोगको भनाई छ । शुद्ध पानी पिउनु भनेको निरोगी हुनु र पानीवाट सर्ने रोगको निर्मुलनगरी एक हिसावले राज्यलाई योगदान गरिएको तर, राज्यवाट पाउनुपर्ने सेवा सुविधा नपाएको उधोगका सञ्चालक फुर्वाको भनाई छ ।

उधोग सञ्चालनका लागि हाई भोल्टेज विधुत आवाश्यक हुने र विधुतका लागि पटकपटक विधुत कार्यालयलाई अनुरोध गरिए पनि सुनुवाई नभएको उहाँको भनाई छ । वजारमा पानीको मागसंख्या वढ्दै जादा माग पुरा गर्न उधोगलाई ऊर्जाको अभाव हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता