४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोटाङको हाटडाडाँमा आधुनिक बधशाला

२० बैशाख २०७५, बिहीबार १७:००

चिसाङ शेर्पा | बैशाख २०, खोटाङ | जिल्लाको सदरमुकाम दिक्तेलस्थित हाटडाडाँमा आधुनिक पशु बधशाला सञ्चालनमा आएको छ । पुरानो पशु बधशालामा जीप पार्क बनाईएपछि नयाँ पशु बधशाला सञ्चालनमा आएको हो । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १९ लाख १५ हजार र हाटडाडाँ टोल पुर्वाधार विकास तथा व्यापार व्यावसाय प्रवद्र्धन समितिको ४ लाख ७३ हजार ३४० रुपैयाँ लागतमा निर्माण सम्पन्न पशु बधशालाको मेयर दिपनारायण रिजालले विहीवार बिहान रिबन काटेर उद्घाटन गरेका छन् ।

नगरपालिकाको ८० प्रतिशत तथा टोल पुर्वाधार समितिको २० प्रतिशत लगानीमा गएको फागुन ३ गतेदेखी निर्माण शुरुभई बैशाख १८ गते सम्पन्न बधशालामा पशु बध गर्ने ट्रस भवन, भित्र्यास (लादी) प्वाँख भुत्ला, हाड खोर र रगत जाने बेग्लाबेग्लै तीन कोठे हज, मासु काट्ने चार कोठे आधुनिक भबन, दुई कोठे शौचालय, पानिको सुविधा रहेको हाटडाडाँ टोल पुर्वाधार विकास तथा व्यापार व्यावसाय प्रवद्र्धन समिति अध्यक्ष किसन कुमार राईले बताए ।


पशु बधशालालाई खाद्य संस्थानको भवनमा प्रहरीले प्रयोग गरिरहेको पानि लगिनेछ । अध्यक्ष राईले भने, “बधशालामा तत्कालका लागि राँगाको मात्रै बध गरिनेछ । बंगुरका लागि व्यवस्थापन हुदैछ ।”

नगर र हाटडाडाँवासिको लगानीमा निर्माण सम्पन्न आधुनिक बधशालामा मात्र मासु बिक्री वितरण गर्नुपर्ने मेयर रिजालले बताउनुभयो । बधशालाभन्दा बजारको अन्य स्थानमा पशु बध गरेर मासु विक्री गर्न कसैलाई नदिने र गरेमा शक्त कारवाही गरिने बताए । बधशाला निर्माण समितिको उच्च प्रशंसासहित बजार आसपासका एकाध स्थानमा गुणस्तरहिन काम भएको स्वीकार्दै संलग्न जो कोहीलाई कारवाही हुने मेयर रिजालले उल्लेख गरे ।  

माथिको तश्विरमा : हाटडाडाँमा आधुनिक पशु बधशाला उद्घाटन गर्नुहुदै मेयर रिजाल | तस्विर: चिसाङ शेर्पा /साझा सबाल  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता