२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘स्वदेशी लगानीमै माथिल्लो कर्णाली जलविद्युत आयोजना बनाऊ’

२०७५, २४ बैशाख सोमबार १७:०२

वैशाख २४, सुर्खेत । माथिल्लो कर्णाली बचाउ राष्ट्रिय अभियानले माथिल्लो कर्णाली जलविद्युत परियोजना निर्माणको जिम्मा भारतीय कम्पनी (जीएमआर) लाई दिएकोप्रति पुनः सरकारको ध्यानाकर्षण गराएको छ । आज कार्यवाहक मुख्यमन्त्री एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै अभियानको केन्द्रिय समितिले सरकारको ध्यानाकर्षण गराएको हो ।

आफूहरुले माथिल्लो कर्णालीको निर्माण जिम्मा भारतलाई दिन हुँदैन भनेर एक दशक अघिदेखि आवाज उठाउँदै आएपनि सुनुवाई नभएको समितिको गुनासो छ । जिएमआरलाई कौडीको भाउमा माथिल्लो कर्णाली दिईएको भन्दै नेपालीलाई विभिन्न प्रलोभन देखाएर भ्रममा राखेको पनि समितिले बताएको छ ।

कार्यवाहक मुख्यमन्त्री भण्डारीलाई ज्ञापन पत्र बुझाउँदै समितिका अध्यक्ष भरतबहादुर शाहीले आर्थिक समृद्धिमै उथलपुथल ल्याउने परियोजना भएको भन्दै जतिसक्दो छिटो नेपाली लगानीमा निर्माण गर्नका लागि सरकारको ध्यानाकर्षण गराए ।

ज्ञापन पत्रमार्फत राकम कर्णालीलाई मेगासिटिको रुपमा विस्तार गर्ने निर्णयलाई खारेज गर्नुपर्ने माग पनि अध्यक्ष शाहीको छ । दक्षिणी नाकालाई कर्णाली प्रदेशसँग जोड्नका लागि बाँके–बर्दियालाई कर्णालीमा समावेश गरिनुपर्ने माग पनि राखिएको छ । बाँके बर्दिया कर्णालीमा नहुँदा यो प्रदेशलाई धेरै घाटा हुने भन्दै यसतर्फ पनि प्रदेश सरकारको ध्यानाकर्षण अध्यक्ष शाहीले गराए ।

ज्ञापनपत्र बुझ्दै कार्यवाहक मुख्यमन्त्री भण्डारीले मागहरु जायज भएको भन्दै आफ्नो तर्फबाट हुन सक्ने प्रयास गर्ने प्रतिवद्धता जनाएका छन् । प्रदेशको हीतविपरित हुने कुनैपनि गतिविधीप्रति सरकार सचेत रहेको उनले बताए । ज्ञापन पत्र बुझाईसकेपछि पत्रकार सम्मेलन गरी कर्णाली प्रदेश बचाउ राष्ट्रिय अभियान केन्द्रिय समितीले राष्ट्रको हित विपरित भएको विकास सम्झौता पीडीए खारेज गरिनुपर्ने माग राखिएको जानकारी दिएको छ । आगामी असोज २ गतेभित्र उक्त परियोजनाको काम शुरु गरिसक्नुपर्ने केन्द्र सरकारको निर्देशलाई पालना गरी जनताको हितमा यो परियोजना निर्माण हुनुपर्ने माग उक्त अभियानको रहेको छ । कार्यक्रममा माथिल्लो कर्णाली बचाउन अभियानका महासचिव पुर्णबहादुर शाही, केन्द्रिय सदस्य अम्मर बहादुर नेपाली, कृष्णाकुमारी रावल, जीबन शाही, विष्णु शर्मा, हरिबहादुर बुढालगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते