२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोटाङमा सडक कालोपत्र गुणस्तरहीन भएकोमा विरोध

२०७५, २६ बैशाख बुधबार ०३:३६

वैशाख २६, खोटाङ (रासस) | कालोपत्रेको काम थालिएको मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने खोटाङका विभिन्न सडकको काममा ढिलासुस्ती र गुणस्तरहीन भएको भन्दै नेकपा (माले)ले बिरोध जनाएको छ । 

ठेकेदार कम्पनीले सम्झौता मिति गुजार्दा पनि जिल्लाभित्र पर्ने मध्यपहाडी सडकखण्डमा पर्ने विभिन्न सडक कालोपत्रेका काम पूरा नगरेको र निर्माणाधीन सडक पनि गुणस्तरहीन भएको भन्दै नेकपा (माले), खोटाङले विरोध जनाएको हो । 

जिल्ला समन्वय समितिलाई मंगलबार ज्ञापनपत्र बुझाउँदै नेकपा (माले)ले दिक्तेल–हलेसी, जयराम–हलेसी र दिक्तेल–चखेवाभञ्ज्याङ सडक कालोपत्रेमा ठेकेदार कम्पनीले चरम ढिलासुस्ती गरेकाले कारबाही गर्न माग गरेको छ । डेढ वर्षअघि नै कालोपत्रे भइसक्नुपर्ने दिक्तेल–हलेसी सडकमा ठेकेदारले अझै पनि ग्राभेलको कामसमेत पूरा नगरेकाले विरोधमा उत्रनु परेको पूर्व सांसद एवं नेकपा (माले)का पोलिटब्यूरो सदस्य कुलप्रसाद फुयाँलले बताउनुभयो । 

हलेसी–अर्खौले खण्डको कालोपत्रेका काम गुणस्तरहीन भएको व्यापक जनगुनासो आएपछि गत चैत १५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थलगत अध्ययन गरेर ल्याब टेष्टका लागि कालोपत्रे काटेर लगेको थियो । दिक्तेल–हलेसी खण्डको विभिन्न चरणका काम १२ जुन २०१६ मा सम्पन्न गर्ने गरी ठेकेदारले १४ जुन २०१४ मा शुरु गरेको थियो । 

मध्यपहाडी लोकमार्गकै जयराम–हलेसी र दिक्तेल–चखेवा सडकखण्डको कालोपत्रेका काममा पनि उस्तै ढिलासुस्ती देखिएको नेकपा (माले)ले जनाएको छ । पहिलोपटक २०६७ सालमा ओटासिल गरिएको जयराम–हलेसी सडकमा रौता कन्ट्रक्सनले डिबीएमएसटी पिचको काम गरिरहेको छ । 

आव २०७१–०७२ मा टेण्डर भएपछि २०७५ सालभित्र कालोपत्रेका काम पूरा गर्ने गरी ठेकेदार कम्पनी गोल्डेन गुड–रमन जेभीले जिम्मा लिएको दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको काम पनि गुणस्तरहीन भइरहेको ज्ञापनपत्रमा उल्लेख छ । सडकको पर्खाल र ढल निर्माणका क्रममा सिमेन्ट, बालुवा र गिट्टीको मात्रा नमिलाएको, कमसल गिट्टी प्रयोग गरिएको, मसला बनाउन फोहर र धमिलो पानी उपयोग गरिएको नेकपा (माले)ले आरोप लगाएको छ । 

कामको जिम्मा लिएका मुख्य ठेकेदारले बढी नाफा कमाउने उद्देश्यले काम गर्दा र विभिन्न पेटृी (साना) ठेकेदारलाई कामको जिम्मा दिँदा कालोपत्रेका काम गुणस्तरहीन भएको पूर्व सांसद फुयाँलले दाबी गर्नुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार