४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याग्दीको मराङ सडक सञ्जालमा जोडियो

२७ बैशाख २०७५, बिहीबार १०:२०

वैशाख २७ बाबियाचौर, म्याग्दी | म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङ सडक सञ्जालमा जोडिएको छ । 

मालिका गाउँपालिका–७ को अर्कलादेखि मराङ खोलाको किनारै किनार सडक विस्तार गरेर मराङको बेँसीमा पुर्याइएको हो । गाउँपालिका र जिल्ला समन्वय समितिद्वारा सञ्चालित अर्कला–बेँसी सडक आयोजनाअन्तर्गत बेँसीसम्म सडक मार्ग पुर्याइएको उपभोक्ता समितिका अध्यक्ष अम्मरबहादुर पुनले बताउनुभयो । 

दुई ठाउँमा करीब २०० मिटर पहाडी मार्ग खोल्न बाँकी भए पनि तीन ठाउँमा डाइभर्सन बनाएर बेँसीसम्म जिप, ट्याक्सी, मोटरसाइकल, माइक्रोबस, ट्र्याक्टर चल्न सक्नेगरी सडक पुर्याइएको अध्यक्ष पुनले बताउनुभयो । 

आगामी असार महिनाभित्र बाँकी रहेको चट्टानी पहाडमा बाटो बनाइसक्ने लक्ष्यसहित कामलाई तीव्रता दिइएको उहाँको भनाइ थियो । 

विसं २०७० मा अर्गला पुगेको सडकलाई थप तीन किलोमिटर विस्तार गरेर बेँसीसम्म पुर्याइएको छ । सडक सञ्जालमा जोडिएपछि आवतजावत गर्न, बिरामीलाई अस्पताल पु¥याउन, निर्माण र दैनिक उपभोग्य सामान ढुवानी तथा गाउँमा उत्पादन भएको कृषिजन्य वस्तुको निकासीमा सहज भएको वडाध्यक्ष राजाराम सुवेदीले बताउनुभयो । 

“बेँसीबाट हिँडेर अर्कला पुग्न भिर, खोल्सा र जंगलको बाटो एक घण्टाभन्दा धेरै पैदल हिँड्नु पर्थ्यो” वडाध्यक्ष सुवेदीले भन्नुभयो, “अहिले दश मिनेमै पुगिन्छ । ढुवानी भाडा घटेको छ । स्थानीयवासीलाई आवतजावतमा सुविधा पुगेको छ ।” उक्त सडकबाट धौलागिरि गाउँपालिकाको मराङ, मल्कवाङ र रघुगंगा गाउँपालिकाको कुइनेखानी गाउँका ६०० भन्दा बढी घरधुरी लाभान्वित भएका छन् । 

आयोजनाका प्राविधिक कृष्ण रायका अनुसार पछिल्लो चार वर्षयता उक्त सडक निर्माणमा रु तीन करोडभन्दा बढी खर्च भइसकेको छ । चालू आर्थिक वर्षमा धौलागिरि गाउँपालिकाले रु ९० लाख र जिल्ला समन्वय समितिले कृषि सडक आयोजनाअन्तर्गत रु ७५ लाख विनियोजन गरेका छन् । 

गत वर्ष जिल्ला समन्वय समितिले दुई वटा शीर्षकमा रु एक करोड, विसं २०७३ मा रु साठी लाख र विसं २०७२ मा रु १५ लाख विनियोजन गरेको थियो । सडक डिभिजन कार्यालयले करीब ४० मिटर पहाड फुटाएर मार्ग खोल्न गत वर्ष करीब रु डेढ करोडमा शुरु गरेको काम यस वर्ष योजनाले निरन्तरता नपाएपछि रोकिएको छ । 

चट्टानी पहाडयुक्त कठिन भूगोलमा सडक निर्माण गर्दा धेरै समय र लगानी भएको प्राविधिक रायले बताउनुभयो । अक्करे भिर छिचोलेर गाउँमा सडक र गाडी आउँदा खुशीले गद्गद भएको बेँसीका चूडामणि सुवेदीले बताउनुभयो । 

धौलागिरि गाउँपालिकाका अध्यक्ष रेशम छन्त्यालले मार्गमात्र खोलिएको सडकको विस्तार, स्तरोन्नति, मोटरेबल पुल निर्माणका साथै मराङका अन्य बस्ती, मल्कवाङसम्म सडक विस्तार गर्न प्राथमिकता दिइने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता