२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

झण्डै १५ अर्बको बजेट कर्णाली सरकारको तयारी

२०७५, ११ जेष्ठ शुक्रबार १६:२५

जेठ ११, सुर्खेत | कर्णाली प्रदेश सरकारको आर्थिक ममिला तथा योजना मन्त्रालयले निर्धारित मितिमै बजेट प्रस्तुत् गर्ने भएको छ । झण्डै १५ अर्ब बराबरको बजेट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आगामी असार १ गते संसद्मा पेश गर्ने गरी तयारी भइरहेको बताए ।

बजेट निर्माण पूर्व प्रदेश सरकार र स्थानीय तहबीच वीरेन्द्रनगरमा भएको सुझाव संकलन कार्यक्रममा मन्त्री ज्वालाले बजेट संसदमा पेश भएकै दिन अख्तियारी जाने जानकारी दिए । ‘बिगतमा असोजसम्म पनि बजेट पास नहुने र विकास निर्माण प्रक्रियालाई ढिलो गराउने तथा पुँजीगत बजेट कार्यान्वयनमा समस्या आउने गरेको थियो’ मन्त्री ज्वालाले भने, ‘नयाँ आर्थिक वर्ष सुरु हुनु पूर्व नै बजेट पास गरिसक्ने र संविधानाको प्रावधान अनुसार अख्तियारी दिने तयारीमा छौं ।’ असार १ गते बजेट संसदमा पेश भएपनि कम्तिमा एक साताभित्रै बजेट पारित हुने उनको दावी छ ।

साउन र भदौमा प्रक्रियागत सबै तयारी गर्ने र असोजबाटै निर्माण कार्य शुरु गरेर विकास निर्माणको प्रभावकारी हुने अपेक्षा ज्वालाको छ । स्थानीय तहका जनप्रतिनिधिलाई बजेट तयारी गर्न सुझाएका मन्त्री ज्वालाले साउन र भदौ महिनामा सबै कागजी प्रक्रियाहरु सके जन अपेक्षाअनुसारका कामहरु सम्पन्न हुने बताए । ‘स्थानीय तह र प्रदेश सरकारबीच   नङ्ग र मासुको जस्तो सम्वन्ध कायम गर्नुपर्छ’ ज्वाला थपे, ‘हामीले यहाँहरुलाई पर्ने समस्या नीति नियम तथा कानुन बनाएर समाधान गर्नेछौं । प्रदेश समृद्धिको योजनामासहकार्य गरौं ।’ उनले हरेक स्थानीय तहले अर्गानिक कृषि क्षेत्र घोषणा गरी कृषि क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए ।


मन्त्री ज्वालाले कर्णाली प्रदेशको आन्तरिक राजश्व जम्मा २४ करोड भएको बताए । ‘हामीसँग प्रदेशबाट २४ करोड राजश्व उठ्ने गरेको छ’ मन्त्री ज्वालाले भने, ‘त्यो रकम आधा आधा बाँड्दा १२ करोड हुन्छ र त्यसमध्ये पनि ७९ स्थानीय तहलाई वितरण गर्दा के होला ? अब स्थानीय सरकारले आफैले आफ्नो आन्तरिक स्रोत बलियो बनाउने  गरी नीति तथा कार्यक्रम तर्जुमा गर्नुपर्छ ।’

कार्यक्रममा प्रमुख सचिव राम प्रसाद थपलियाले स्थानीय सरकारले पानी, खानी, कृषि र वन, हाम्रा युवा हाम्रा अमुल्य धन नामक पाँच क्षेत्र समेटेर बजेट बनाए समृद्धि टाढा नरहेको बताए । कार्यक्रममा दैलेख, सुर्खेत, जाजरकोट, रुकुम र सल्यानका जनप्रतिनिधिहरुको सहभागिता रहेको छ । कार्यक्रमको अध्यक्षता आर्थिक  मामिला मन्त्रालयका सचिव ढुण्डिराज निरौलाले  गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै