२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

फिदिम १० ले उपलिब्धमूलक प्रभावकारी र ठोस काम देखिने गरी योजना ल्याउने तयारी गर्दे

२०७५, १२ जेष्ठ शनिबार १५:४३

जितेन्द्र भण्डारी | जेठ १२, पाँचथर | पाँचथरको फिदिम नगरपालिका वडा नम्बर १० को दोस्रो वडा परिषद शनिबार बाट खलंगटारमा शुरु भएको छ । 

परिषदको उद्घाटन कार्यक्रममा वोल्दै नेपाली काग्रेसका नेता तथा निर्वाचित पाँचथर जिल्ला सचिव रुपनारायण जवेगुले अन्य वडाभन्दा विकाश र समृद्धिमा यस वडालाई नमूना वडा बनाउने किसिमबाट योजना छनौट गर्न वडाअध्यक्ष लगायत समग्र वडापालिकालाई आग्रह गर्नुभयो ।

संघिय संरचना अनुरुप आर्थिक वर्ष ०७४÷०७५ को योजनाहरु पहिलो पटक छनौट गरिएको र धेरै विषयहरु छुटेपनि अव यस वर्षको बजेटमा भने पर्यटन,कृषि,शिक्षा,स्वास्थ्य,सडक,खानेपानी लगायत भौतिक पूर्वाधार र मानवीय विकाशका कार्यक्रमहरु ल्याउन वडापालिकालाई सुझाव दिनुभयो ।

त्यसैगरी कार्यक्रममा वोल्दै वडाअध्यक्ष बिना थाम्सुहाङले यस वर्षको बजेटमा उपलिब्धमूलक र प्रभावकारी हुने किसिमबाट योजनाहरु छनौट गर्ने तयारी थालिएको बताउनुभयो ।

नागरिकका असिमित योजनाहरु रहेको तर सीमीत बजेट भएको हुँदा एकैपल्ट सवै योजनाहरु संचालन गर्न नसकिने उहाँको भनाई छ । ती योजनाहरुलाई क्रमश पूरा गर्दे लैजाने उहाँले बताउनुभयो ।

समाजसेवी तथा पूर्वप्रधान पंच हस्तराज थाम्सुहाङले अहिले योजना तर्जुमा गर्दा परिणाम आउने किसिमका योजना छनौट गर्न वडाका जनप्रतिनिधीलाई सुझाव दिनुभयो ।

कार्यक्रममा वोल्दै समाजसेवी याङनाम बचत तथा रिण सहकारी संस्थाका अध्यक्ष शिव थाम्सुहाङले अब आउने योजनाहरुमा भौतिक पूर्वाधार र मानवीय विकाशका कार्यक्रम ल्याउन वडाका जनप्रतिनिधीलाई आग्रह गर्नुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै खलंगटार माविका सहप्राचार्य रोशन जवेगुले अहिलेको वडा परिषदबाट शैक्षिक क्षेत्रलाई पनि टेवा पुग्ने किसिमका कार्यक्रमहरु ल्याउन सुझाव दिनुभयो । कार्यक्रममा नेपाली काग्रेसका नेता लोकेन्द्र जवेगु, नेकपा माओवादी केन्द्रका मणि थाम्सुहाङ,इगल एफ.एममका स्टेशन म्यानेजर जितेन्द्र भण्डारी,स्रोत ब्यक्ति श्याम जवेगु,शिक्षक हेम जवेगु,वडासदस्यहरु लगायतले शुभकामना मनतब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन सामाजिक परिचालक विनय रम्तेलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा